भरियामार्फत नक्कली युरेनियम कारोबार

नेपालगन्ज: तराईको सीमावर्ती क्षेत्रबाट नक्कली युरेनियम तस्करी हुँदै आएको छ । नक्कली युरेनियमको ठगी धन्दामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान गर्दा यसको तस्करी तथा ठगी धन्दाको रहस्य खुलेको हो । जानकी–२, बोगटिया गाउँ हुँदै दक्षिण भारततिर जाँदै गरेको रातो नम्बर प्लेटको स्कार्पियोमा युरेनियम लगिंदैछ भन्ने सूचनाका आधारमा प्रहरीले शनिबार ४ जनालाई नियन्त्रणमा लिएको हो ।

बा११च ७४७३ नम्बरको स्कार्पियो गाडी खानतलास गर्दा युरेनियमजस्तै देखिने २ किलो ८ सय ग्राम धातु फेला परेको थियो । ‘परीक्षण गर्दा युरेनियम नभएको पुष्टि भयो,’ जिल्लाका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, ‘कस्तो खालको धातु हो ? त्यो पत्ता लगाउन खानी तथा भूगर्भ विभागमा पठाएका छौं ।’ प्रहरी उपरीक्षक अधिकारीले ठगी धन्दामा लागेको समूहले भरियामार्फत नक्कली युरेनियम पठाएको बताए ।
ठगी धन्दामा संलग्न भएको आरोपमा प्रहरीले बाँकेको खजुरा–६ का नरबहादुर सुनार, रोल्पाको गंगादेव गाउँपालिका–५ का मोहनसिंह कामी, नुवाकोटको म्यागङ गाउँपालिका–५ का उत्तम तामाङ र खोटाङको रूपाकोट नगरपालिका–६ का जयबहादुर विकलाई पक्राउ गरेको छ ।

चालक सिटको पछाडि नक्कली युरेनियमको पोका लुकाएर काठमाडौंबाट गुडेको गाडीले ५ सय किलोमिटर यात्रा पार गर्दै नेपालगन्ज आइपुग्दा सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका धेरै चेकपोस्ट छिचोलेको थियो । शुक्रबार राति ४ जना नेपालगन्जकै एउटा ठूलो होटलमा बास बसेका थिए । अर्को दिन प्रहरीले आफैं व्यापारी बनेर बोगटिया गाउँमा पुगेपछि नक्कली युरेनियम नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरू ठगी धन्दाका नाइकेले प्रयोग गरेका भरिया मात्र हुन् ।

नेपाल प्रहरीले नेपालगन्जमा युरेनियम नाइट्रेट नियन्त्रणमा लिएको हल्ला फैलिनासाथ सीमा क्षेत्रमा भारतीय सुरक्षा निकायले निगरानी र सक्रियता बढाएका थिए । ‘यसले दुवैतिरका सुरक्षा निकाय निकै सचेत हुनुपर्ने अवस्था सिर्जना गर्‍यो । ठूलो चुनौती पनि बन्यो,’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, ‘यस्तो कुरा निकै संवेदनशील हुने भएकाले चासो र निगरानी बढाउनुपर्ने अवस्थामा पुर्‍यायो ।’

प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राईले नक्कली युरेनियम बनाएर ठगी धन्दामा लाग्नेहरूमध्ये विराटनगरमा १५ जना पक्राउ परेको जानकारी दिए । प्रवक्ता राईका अनुसार साउन १ मा विराटनगरको ट्राफिक चोक नजिकैको एउटा होटलबाट आठ जना र साउन ३ मा विराटनगरकै एउटा दुधफार्मबाट सात जनालाई झन्डै २ किलो युरेनियम जस्तै देखिने धातुसहित नियन्त्रणमा लिइएको थियो ।

विराटनगरमा पक्राउ गरिएको नक्कली युरेनियम पुष्टि भएलगत्तै बाँकेमा उस्तै प्रकृतिको घटना दोहोरिएको हो । यस्तै ठगी धन्दामा संलग्न समूहले २१ किलो नक्कली युरेनियम बनाएर सातवटै प्रदेशमा तीन/तीन किलोका दरले बिक्री गर्न पठाएको प्रहरीले अनुमान गरेको छ । विराटनगरस्थित रानी नाका हुँदै बिहारतर्फ जान हिंडेका १२ जना र नेपालगन्जबाट सीमापारि जान खाजेका चार जना गरी १६ जनालाई ठगी धन्दाको एउटै गिरोहले परिचालन गरेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ पनि अनुसन्धान थालेको जनाएको छ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago