बाँके कुष्ठरोगको ‘रेड जोन’ रहेको तथ्यांक सार्वजनिक

बाँके कुष्ठरोगको ‘रेड जोन’ रहेको तथ्यांक सार्वजनिक भएको छ। प्रति १० हजार जनसंख्यामा उपचारत रहेका बिरामीहरुको प्रकोप दर एकभन्दा बढी भएका जिल्लामध्ये बाँके कपिलवस्तुपछि दोस्रो स्थानमा रहेको तथ्यांक सार्वजनिक भएको हो।

नेपाल सन २०१० मा नै निवारण अवस्थामा भए पनि बाँके भने उच्च जोखिममै थियो। यस आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) मात्र बाँकेमा ४४ जना नयाँ कुष्ठरोगीका बिरामी फेला परेका छन्। गत वर्ष एक सय २८ जनामा कुष्ठरोग देखिएको थियो।

यस वर्ष पनि सोही बराबर हुने अनुमान गरिएको छ। जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक एक फोकल पर्सन मानव नेपालीका अनुसार राप्तीसोनारीमा कुष्ठरोगका बिरामी शून्य छन्। सबैभन्दा बढी कोहलपुरमा ११, नेपालगन्ज उपमहानगरपालिकामा १३, जानकीमा ६, बैजनाथ र नरैनापुरमा पाँच÷पाँच, खजुरामा तीन र डुडुवामा एकजना कुष्ठरोगका बिरामी फेला परेका छन्।

बाँकेको जनसंख्या र सेवा क्षेत्र धेरै हुनुसँगै खुला सीमा क्षेत्रका कारण बाँकेमा कुष्ठरोग संक्रमण उच्च रहेको साइनिङ अस्पताल, सिएनएफ नेपाल बाँकेका डा.मंगलबहादुर थारुले जनाए। ‘कुष्ठरोग बाँके मात्र होइन विश्वमा नै डरलाग्दो अवस्थामा छ,’ उनी भन्छन्, ‘अरु देश केही सुधारात्मकरुपमा आइरहेका छन्।

नेपाल निवारण अवस्थामा आए पनि अपेक्षाकृतरुपमा नघट्नु लाजमर्दाे अवस्था हो।’ उनका अनुसार साइनिङ अस्पतालमा पछिल्लो ६ महिनामा आठ हजार चार सय ३२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसमध्ये ७४ जनामा कुष्ठरोग देखिएको उनको भनाइ छ। साइनिङ अस्पताल र जनस्वास्थ्य कार्यालयको तथ्यांकमा भने फरकफरक तथ्यांक उल्लेख छ।

सरकारले २०३० सम्म कुष्ठरोगमुक्त नेपालको परिकल्पना गरेको छ। यसका लागि पालिकास्तरमा कुष्ठरोगको संक्रमण रोक्ने, सही निदान, उपचार र रेफरल सुविधा उपलब्ध गराउने, सम्पर्क परीक्षण प्रणालीलाई प्रभावकारी बनाउने, कुष्ठरोगसम्बन्धी औषधि तथा सामग्रीको सही सदुपयोगलगायत गरेर कुष्ठरोगमुक्त नेपाल बनाउने परिकल्पना गरिएको डा. थारुले जनाए। ‘कुष्ठरोगमुक्त मुलुक निर्माणका लागि विभिन्न गतिविधि सञ्चालन गर्छाैं’ उनले भने, ‘यसमा राजनीतिक तथा अन्य क्षेत्रको पनि प्रतिबद्धता चाहिएको छ।’

उनका अनुसार लगातार बालबालिकालाई पाँच वर्षसम्म संक्रमण रोकियो भने कुष्ठरोग निवारण भएको मानिन्छ। यस रोगले तत्कालै ज्यान नलिए पनि मानिसलाई अपंगता बनाउने भन्दै स्वास्थ्यकर्मीहरुले शरीरमा कुष्ठरोगसम्बन्धी त्यस्ता लक्षण देखिए चिकित्सकको सम्पर्कमा जानु पर्ने बताउँदै आएका छन्।बिहीबार साइनिङ अस्पताल, सिएनएफ नेपाल बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकारहरुका लागि कुष्ठरोगसम्बन्धी अन्तरक्रिया कार्यक्रममा तथ्यांक सार्वजनिक भएको हो।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago