विद्यार्थी र शिक्षकलाई लागू औषध सम्बन्धी सचेतना

२०७९, १२ असार आईतवार १९:३८

पाल्पा, १२ असार । लागू औषध सम्बन्धी सचेतनामुलक कार्यक्रम पाल्पामा सम्पन्न भएको छ । माथागढि गा.पा. १ चिदीपानी स्थित सैभाग्य मा.वि. का शिक्षक तथा बिध्यार्थीहरुलाई लागू औषध सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतता कार्यक्रम भएको हो । लागू औषध दुरुपयोग तथा ओसारपसार बिरुद्ध अन्तराष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पाल्पाले सचेतनामुलक कार्यक्रम गरेको जनाएको छ । प्रहरी निरिक्षक भुपेन्द्र थापा सहितको प्रहरी टोलीद्वारा शिक्षक तथा बिध्यार्थीहरुलाई लागु औषध सम्बन्धी सचेतनामुलक जानकारी दिएको प्रहरीले जनाएको छ ।

Comments

ताजा खबर