शिक्षा र गरिबीले पिल्सिएको सुनकोशी गाउँ

काठमाडौँ: जामुने र काइटार गाउँमा शिक्षित मान्छेहरूको गणना औँलामा गरे पुग्छ । नयाँ मान्छे गाउँमा पुगेर बोले बुझ्छन्, लेखेर दिएमा कसैले बुझ्दैनन् । पुराना पुस्ताले विद्यालय टेकेनन् । धेरैले पुस्तक कस्तो हुन्छ त्यो पनि देखेनन् । पुस्तक नदेखी ७० देखि ८० वसन्त पार गरेका मान्छेहरू बस्तीबाटै हराइसकेका छन् ।

अहिले नयाँ पुस्ताले विद्यालय देखे तर औपचारिक शिक्षा पूरा गर्न पाएका छैनन् । उनीहरू चेतनाको अभाव, अशिक्षा र गरिबीमा एकै पटक पिल्सिएका छन् । गरिबीले आफ्नो थातथलो मात्र छोडाएन, कसैलाई मरुभूमीको तातो हावासमेत खानलाई बाध्य बनायो ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-१ को २ सय २५ पहरी बस्तीमा खानेपानी समस्या त समाधान भयो । तर, बस्तीमा अहिले पनि अशिक्षा र गरिबीको समस्या ज्युँकात्युँ छ ।

अहिले धारामा पानी थाप्‍न तीन घण्टासम्म हिड्नुपर्ने बाध्यता हटेको छ । अहिले भने उनीहरू दुई कदम पाइला चाल्दा नै खानेपानीको धारामा पुग्छन् । सबै घरमा धारामा मिटरसहितको खानेपानी पुगिसकेको छ । लाग्थ्यो,’ उनीहरूको अनुहारमा छाएको क्रान्तिले पानीका लागि गर्नुपर्ने सबै कष्‍ट हटेर गएको छ ।’

सोही वडाको वडा कार्यालयदेखि पहरी बस्तीमा पुग्‍न ४५ मिनेट समय लाग्छ । बस्तीमा खानेपानीको दुःख टाढा पुग्यो तर, गरिबी र अशिक्षा भने झनझन नजिकै बन्दै आइरहेको छ । उनीहरूको मुख्य पेशा कृषि नै हो ।

पहरी समुदायमा पानीको आँगनमा धारा पुगेछि पानी थाप्‍न घण्टौँसम्म हिड्नुपर्ने बाध्यता हटेको सीतामाया पहरी बताउँछिन् । दुई वर्षअघिसम्म उनी खानेपानीका लागि दैनिक तीन घण्टासम्म पैदलै जान्थिन । बिहानै चार बजे उठेर दुई गाग्रीसहित धारामा पुग्थिन् ।

धाराबाट सीतामाया घर पुग्दा आठ बज्थ्यो । बाटोमा हिँड्दा जहिले लड्ने त्रास बोक्थिन । ‘पानी बोक्नेका दुःख भनेर बाटोले पनि चिनिसकेको थियो होला,’ उनी इकागजसँग भन्छिन्,’ त्यत्रो लामो बाटो हिँड्दा पानी बोकेर लडिएन । गाग्री सबै कुच्चिएको थियो ।’

बाबुबाजेको समयदेखि उनले खानेपानीको समस्या व्यहोरेकी थिइन् । नाती पुस्ताले मात्र बल्ल खानेपानी पाए । ‘कुनै समय हाम्रो लागि दुःखको अर्को नाम खानेपानी थियो,’ विगत सम्झँदै उनी सुनाउँछिन्,’ पानी बोकेर छिटो-छिटो हिँडन् सकिँदैन थियो । पुरुषहरू भने काँधमा पानी बोकेर फटाफट हिड्ने गर्थे ।’

पहरी बस्तीमा धारा पुग्दा सबैभन्दा बढी महिला खुसी देखिन्थे । पानीका लागि गर्नुपर्ने दुःख उनीहरूले गर्नुपर्ने छैन । दुःखले सदाको लागि साथ छोडेर अबदेखि कहिले नआउने जस्तै गरेर गइसकेको छ । बिहानै उठेर खोलाको मुहानमा पानी लिन पुग्नुपर्ने पैताला, आँगन सफा गर्न वरिपरि चलिरहन्छ । बढी भएको पानी करेसाबारीमा समेत हाल्न पुग्ने उनले बताइन् ।

‘आँगनमा खानेपानी पुगेपनि गरिबीले कहिले नछाड्ने भयो,’ सल्लाको रुखमुनी बसेकी सीतामायाले इकागजसँग भनिन्,’ पाँच सन्तान दुई जना पढिरहेका छन् । कोही विदेश र काठमाडौँमा काम गरिखान गएका छन् ।’ दुई सन्तानलाई भने विद्यालयमा कोचिङ पढने व्यवस्था मिलाएका छन् । समुदायमा अहिले पनि विद्यालय जाने भन्दा पनि नजानेको संख्या बढी छ । विद्यालय जानेले पूरा पढाइ गरेका छैनन् ।

उनले ‘क’ पनि पढिनन् । उनीमात्र होइनन् पहरी समुदायमा भएका ४० कटेका कुनै पनि महिलाले विद्यालय देख्‍न पाएका छैनन् । सन्तानले शिक्षा आर्जन गरेर आफूभन्दा बढी बुद्धिमान बनुन भन्‍ने उनीहरुलाई लागेको छ ।

उनलाई पढनुपर्छ भनेर कसैले बुझाएनन् । घाँस, गोठाला र दाउरा गर्दैमा समय बितेको उनले सुनाइन् । आफू जस्तै श्रीमान पनि नपढेकाले उनले बराबरी भएको महसुस गरेकी छन् । श्रीमानले भने चेहेरे खोलामा बालुवा झिकेर दुःखसुख जीवन चलाउन सहयोग गरिरहेका छन् ।

सीतामायाको तीनदेखि चार महिनासम्म पुग्‍ने चामल फल्ने जग्गा जमिन छ । ‘जमिन थोरै तर खाने मुख धेरै छ,’ उनले भनिन,’ पानीले मात्र हाम्रो जीवन हराभरा हुँदैन । वडासम्म हिँडेर पुग्‍नलाई एक घण्टा लाग्छ । आँगनसम्म बाटोको सुविधा जबसम्म पुग्दैन तबसम्म हामीलाई सधैँ गाह्रो भइरहन्छ ।’

पहरी बस्तीमा गरिबीले साम्राज्य जमाएपछि श्रम गर्न मुलुकका विभिन्‍न ठाउँमा पुगेका छन् । सुखद भविष्यका निम्ति काठमाडौँ मात्र पुगेका छैनन् । मुलुक पनि छोड्नेहरूको संख्या थुप्रै छ । सम्पत्ति पर्याप्त नभएकाले तन्नेरीहरू ऋण खोज्‍दै साउदी, मलेसिया र कतार पुगेका छन् ।

सीतामायाको जेठा छोरा साउदी पुगेको झण्डै दुई महिना भइसक्यो । आफ्ना मान्छे ठाउँमा नभएको र नपढेकाले दुई लाख बढी तिरेर छोरालाई साउदी पठाएका छन् । ‘१४ दिन क्वारेन्टाइनमा बस्यो , काम गर्न पाएको छैन भनेर फोन गरेको थियो,’ छोराले फोनमा भनेको सबै कुरा उनले सुनाइन्,’ लेबर काममा गएको छ । पढेको भए राम्रो काममा जान्थ्यो होला । भागमा छ भने गएको सबै ऋण तिर्छ ।’

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago