‘मेरापिक राष्ट्रिय निकुञ्ज’ घोषणा गर्न सम्भाव्यता अध्ययन

काठमाडौँ: मकालु–वरुण राष्ट्रिय निकुञ्जको सोलुखुम्बुमा पर्ने मेरापिक क्षेत्रलाई समेटेर अलग्गै निकुञ्ज घोषणा गर्न कार्यदलदले सुझाव दिएको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको ६४८ वर्गकिमि, सोताङ गाउँपालिकाको १०३ वर्गकिमि र माप्य दूधकोसी गाउँपालिकाको ६ र ७ नम्बर वडाको केही क्षेत्रलाई समेटेर ‘मेरापिक राष्ट्रिय निकुञ्ज’ घोषणा गर्न सम्भाव्यता अध्ययन कार्यदलले सरकारलाई सुझाएको हो ।

कार्यदलले ४२१.२२ वर्गकिमिको मध्यवर्ती क्षेत्र प्रस्ताव गरेको छ । मध्यवर्ती क्षेत्रमा ६ वटा उपभोक्ता समिति रहने उल्लेख छ । वन तथा वातावरणमन्त्री संयोजक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा प्रदेश १ का पर्यटनराज्यमन्त्री सदस्य एवं वन मन्त्रालयका सचिव सदस्य सचिव रहेको सल्लाहकार समितिले प्रतिवेदन अध्ययन गरी निकुञ्ज घोषणाका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्नेछ ।
घोषणापछि यो मुलुकका १३औं निकुञ्ज हुनेछ । यो पूर्वतिर मकालु–बरुण र पश्चिममा सगरमाथा निकुञ्जसँग जोडिनेछ । । उत्तरमा तिब्बतको चोमोलोङ्मा प्रकृति संरक्षण क्षेत्र पर्छ । प्रस्तावित क्षेत्र जैविक विविधता, पर्यापर्यटन र संस्कृतिका हिसाबले धनी छ ।

हाल मकालु–बरुण निकुञ्जभित्र पर्ने बुङ र मेरापिक क्षेत्रबारे अध्ययन गर्न वन तथा वातावरण मन्त्रालयले गत मंसिरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव डिलबहादुर पूर्जा पुनको संयोजकत्वमा कार्यदल बनाइएको थियो ।

उक्त कार्यदलले स्थलगत अध्ययनका साथै सरोकारवालाहरूसँग छलफल गरेर प्रतिवेदन केहीअघि महानिर्देशक संयोजक रहेको समन्वय समितिसमक्ष प्रस्तुत गरेको छ । कार्यदलमा मन्त्रालय, वन तथा भू–संरक्षण विभाग र वनस्पति विभागका उपसचिव, प्रदेश १ को वन मन्त्रालयका सहायक वैज्ञानिक अधिकृत, प्रदेश वन निर्देशनालयका अधिकृत सदस्य र विभागका सहायक संरक्षण अधिकृत सदस्य–सचिव छन् ।

‘प्रदेश सरकार, स्थानीय जनता, जनप्रतिनिधि र अन्य सरोकारवाला उक्त क्षेत्रमा अलग्गै निकुञ्ज चाहन्छन्,’ विभागका सूचना अधिकारीसमेत रहेका कार्यदलका संयोजक पुनले सोमबार कान्तिपुरसित भने, ‘स्थानीय जनताले पहिले देखि नै अलग्गै निकुञ्जका लागि पहलकदमी गर्दै आएका थिए ।’

प्रदेश १ सरकारले पनि अलग्गै निकुञ्ज महसुस गर्दै त्यसमा सघाउन संघीय सरकारको ध्यानकर्षण गराएको थियो । कार्यदलले तयार गरेको प्रतिवेदनमा नयाँ निकुञ्ज घोषणापछि ७० जना कर्मचारी दरबन्दी आवश्यक पर्ने प्रस्ताव गरिएको छ ।

नयाँ निकुञ्जको मुख्यालय बुङक्षेत्रमा प्रस्ताव गरिएको छ । निकुञ्जको एउटा मुख्यालय, एउटा सेक्टर कार्यालय र चार वटा पोस्ट रहने प्रस्ताव गरिएको छ । भवनलगायत भौतिक संरचना निर्माणका लागि पहिलो चरणमा २ करोड ६१ लाख रुपैयाँ खर्च हुने प्रतिवेदनमा उल्लेख छ ।

२०४९ मा मकालु–बरुण निकुञ्ज स्थापना गर्दा सोलुखुम्बुको यसलाई समेत समेटिएको थियो । तर, सोलुखुम्बुतिर पर्ने निकुञ्जको मेरापिक र बुङ क्षेत्र निकुञ्जको मुख्यालयभन्दा टाढा र अपायक भएपछि अलग्गै निकुञ्जको अवधारणा अघि बढेको हो । तर, सोलुखुम्बुको बुङ क्षेत्रबाट मकालु–बरुण निकुञ्जको मुख्यालय संखुवासभाको हेदाङ्नागढी जान गाडीमै पनि ४ दिन भन्दा बढी लाग्छ ।
बुङ क्षेत्रका सेवाग्राहीले अहिले सल्लेरी–ओखलढुंगा–हिलेपानी–खोटाङ हलेसी–भोजपुर–संखुवासभा–खाँदबारी हुँदै मुख्यालय हेदाङ्नागढी जानुपर्ने बाध्यता छ ।

मकालु–बरुण निकुञ्जको मुख्यालय रहेको हेदाङ्नागढी संखुवासभा सदरमुकाम खाँदबारीदेखि करिब ७ घण्टा दूरीमा छ । सोलुखुम्बुमा पर्ने प्रस्तावित निकुञ्जको क्षेत्रमा ६ हजार ४ सय ७६ मिटर उचाइको मेरापिक हिमाल पर्दछ । पर्वतारोहणका लागि मेरापिक क्षेत्र प्रसिद्ध छ । आर्थिक वर्ष २०७७/७८ मा मेरापिक क्षेत्रमा ४४० जना पर्यटक भित्रिएका थिए । सबभन्दा बढी आव २०७५/७६ मा २ हजार ७ सय ६७ जना पर्यटकले भ्रमण गरेका थिए ।

मेरापिकसँग धेरै हिमश्रृंखला जोडिएको छ । सँगै पवित्र तालहरु, झरनासमेत छन् । सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट निकुञ्जभित्र पर्ने बुङ क्षेत्रभन्दा माथिसम्म सवारी साधन चल्छन् ।

पदयात्राका लागि मेरापिक विश्वमै प्रख्यात भएकाले निकुञ्ज घोषणापछि पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । जेओएम रोबर्टस् र सेन तेन्तिङले सन् १९५३ को मे २० मा पहिलो पटक मेरापिक हिमालको आरोहण गरेका थिए । प्रतिवेदनमा निकुञ्जका मुख्य पदयात्राका सात वटा रुट र मुख्य पर्यटकीय गाउँ, गुम्बा र सम्पदाको पहिचान गरिएको छ ।

उक्त क्षेत्र जलस्रोतका लागि धनी छ । इङ्खु, हुँगु, दूधकोसी नदी त्यहीँबाट बग्छन् भने पाँचपोखरी, सेती पोखरीलगायत हिमतालहरुसमेत छन् ।वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव मेघनाथ काफ्लेका अनुसार प्रदेश १ का सांसद र संघीय सांसदहरूले पनि सोलुखुम्बु क्षेत्रमा अलग निकुञ्ज बनाउन पहल गरेका थिए ।

प्रस्तावित क्षेत्रमा ६८ प्रजातिका स्तनधारी, २ सय प्रजातिका चरा, ११ प्रजातीका माछा र २८ प्रजातिका पुतली पाइन्छन् । त्यस्तै, हिउँचितुवा, रेडपाण्डा, हिमाली कालो भालु, चितुवा, चाइनिज प्याङ्गोलिन र ध्वाँसे चितुवालगायत वन्यजन्तु पाइन्छन् । उच्च पहाडी जंगलमा देवदार, भोजपत्र र लालीगुराँस तथा २ देखि ४ हजार मिटर उचाइको समशीतोष्ण क्षेत्रमा निगालो, अर्खौलो, फिरफिरे र चाँपको जंगल छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago