लमजुङ: नेकपा एमालेले लमजुङको ८ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । एमालेले लमजुङको बेसीसहर नगरपालिका प्रमुखमा गुमानसिंह अर्याललाई दोहोर्याएको छ भने उपप्रमुखमा पदमा गुरुङलाई उम्मेदवार बनाएको छ ।
मध्यनेपाल नगरपालिका प्रमुखमा राजकुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ यसअघि उपप्रमुख थिए । यसैगरी उपप्रमुखमा सीता गुरुङलाई उम्मेदवार बनाएको छ ।
सुन्दरबजार नगरपालिका प्रमुखमा भीमबहादुर गुरुङ र उपप्रमुखमा भवानी केसीलाई उम्मेदवार बनाएको छ । राइनास नगरपालिका प्रमुखमा सिंहबहादुर थापा र उपप्रमुखमा शोभा पन्थी चिलुवाललाई उम्मेदवार बनाएको छ ।
गाउँपालिकातर्फ दोर्दी गाउँपालिका प्रमुखमा युवराज अधिकारी र उपाध्यक्षमा कार्यपालिका सदस्य उषा गुरुङलाई उम्मेदवार बनाएको छ । त्यस्तै मर्स्याङ्दी गाउँपालिका अध्यक्षमा अर्जुन गुरुङलाई दोहोर्याएको छ भने उपाध्यक्षमा जुना थापालाई उम्मेदवारमा उठाउने भएको छ ।
क्व्होलासोंथर गाउँपालिका अध्यक्षमा सूर्यप्रसाद गुरुङ र उपाध्यक्षमा कार्यपालिका सदस्य गमीमाया गुरुङलाई उठाउने भएको छ । यसैगरी दूधपोखरी गाउँपालिकाको प्रमुखमा तेजबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने उपाध्यक्षमा कृष्णमाया गुरुङलाई चयन गरिएको नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए । सत्ता गठबन्धनले भने उम्मेदवार टुंगो लगाएको वा नगलगाएको बारे जानकारी गराएको छैन ।
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित…
काठमाडौं । सुदूरपश्चिमको चर्चित निर्वाचन क्षेत्र डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ताराप्रसाद जोशी प्रतिनिधिसभा…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा निर्वाचनमा आफू पराजित भएपछि विजयी…
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत देशकै चर्चित निर्वाचन क्षेत्र झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ १० लाख मत कटाएको छ।…
कैलाली। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर १ को ताजा मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो…