आज लमजुङको ८ वटै स्थानीय तहमा एमालेको उम्मेदवार तय

लमजुङ: नेकपा एमालेले लमजुङको ८ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । एमालेले लमजुङको बेसीसहर नगरपालिका प्रमुखमा गुमानसिंह अर्याललाई दोहोर्‍याएको छ भने उपप्रमुखमा पदमा गुरुङलाई उम्मेदवार बनाएको छ ।
मध्यनेपाल नगरपालिका प्रमुखमा राजकुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ यसअघि उपप्रमुख थिए । यसैगरी उपप्रमुखमा सीता गुरुङलाई उम्मेदवार बनाएको छ ।
सुन्दरबजार नगरपालिका प्रमुखमा भीमबहादुर गुरुङ र उपप्रमुखमा भवानी केसीलाई उम्मेदवार बनाएको छ । राइनास नगरपालिका प्रमुखमा सिंहबहादुर थापा र उपप्रमुखमा शोभा पन्थी चिलुवाललाई उम्मेदवार बनाएको छ ।

गाउँपालिकातर्फ दोर्दी गाउँपालिका प्रमुखमा युवराज अधिकारी र उपाध्यक्षमा कार्यपालिका सदस्य उषा गुरुङलाई उम्मेदवार बनाएको छ । त्यस्तै मर्स्याङ्दी गाउँपालिका अध्यक्षमा अर्जुन गुरुङलाई दोहोर्‍याएको छ भने उपाध्यक्षमा जुना थापालाई उम्मेदवारमा उठाउने भएको छ ।
क्व्होलासोंथर गाउँपालिका अध्यक्षमा सूर्यप्रसाद गुरुङ र उपाध्यक्षमा कार्यपालिका सदस्य गमीमाया गुरुङलाई उठाउने भएको छ । यसैगरी दूधपोखरी गाउँपालिकाको प्रमुखमा तेजबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने उपाध्यक्षमा कृष्णमाया गुरुङलाई चयन गरिएको नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए । सत्ता गठबन्धनले भने उम्मेदवार टुंगो लगाएको वा नगलगाएको बारे जानकारी गराएको छैन ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago