‘परिस्थितिले मलाई अध्यक्ष बनायो, सबैको सल्लाह लिएर अघि बढ्छु’ कुँवर

गैरआवासीय नेपाली संघ एनआरएनको अध्यक्ष को बन्ने भन्ने विषयमा लामो समय विवाद चल्यो । संघका अध्यक्ष कुमार पन्त बद्री केसीलाई अध्यक्ष बनाउन खुलेरै लागि परेका थिए भने अर्को समूह कुल आचार्यलाई अध्यक्ष बनाउनु पर्ने पक्षमा थियो । विभिन्न देशहरुमा भएको भोटर (प्रतिनिधि) चयनबाट सुरु भएको विवादले संघलाई फुटको संघारमा पुर्‍याएको थियो ।

पूर्व अध्यक्ष शेष घले, देवमान हिराचन, अध्यक्षका आकांक्षी कुल आचार्यलगायत एक पक्षमा थिए भने अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जीवा लामिछाने, अध्यक्षका आकांक्षी बद्री केसीलगायत अर्को पक्षमा थिए ।

सहमतिका लागि विभिन्न समयमा भएको प्रयास असफल भएपछि पूर्वअध्यक्ष घलेले संरक्षकको हिसाबले छुट्टै महाधिवेशन आयोजक समिति गठन गरे । चैत ८ र ९ गतेका लागि काठमाडौंमा महाधिवेशन तोकेर विश्वभरमा रहेका प्रतिनिधिहरूलाई बोलाइयो । महाधिवेशनले कुल आचार्यलाई नयाँ अध्यक्ष घोषणा गर्ने लगभग पक्का पक्की जस्तै थियो । उता पन्त पक्षधरले छुट्टै निर्वाचनको तयारी गरे पनि अदालतले निर्वाचन नगर्न आदेश दिएको थियो ।

नभन्दै ८ चैतमा अर्थमन्त्री जनार्दन शर्माले होटल याक एण्ड यतिमा महाधिवेशनको उद्घाटन गरे । यता मन्त्री शर्माले उद्घाटन गर्दै गर्दा उता कुल आचार्यले पने पन्त समूहसाग नयाँ सहमति गर्दै संयुक्त अध्यक्ष बन्न राजी भएर पत्रकार सम्मेलनमा बोल्दै थिए । आचार्य अर्को कित्तामा उभिए पछि यता अध्यक्ष बन्ने अवसर भने कोरिया निवासी विनोद कुँवरले पाएका छन् । आफू परिस्थितिले अध्यक्ष बनेको बताएका उनले अब अग्रजहरु सबैसँग सल्लाह लिएर अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।

कोरियाबाट नेपाल आउँदै गर्दा आफू नै अध्यक्ष बन्छु भन्ने आफूले नसोचेको कुँवर बताउँछन् । परिस्थितिले आफूलाई अध्यक्ष बनाएको भन्दै उनले भने, ‘एनआरएनएका संस्थापकहरू, अग्रजहरु सबैसँग सल्लाह गरेर अघि बढ्छु, हामी एक हुनुपर्छ भन्नेमा नै छौं ।’

आफू कुनै गुटको नभइ विधा अनुसार बनेको अध्यक्ष भएकाले यसलाई स्वीकारेर सबै अघि बढ्नुको विकल्प नभएको उनले बताएका छन् । ‘विधानले दिएको म्यान्डेट अनुसार नै महाधिवेशन आयोजना गरिको हो, कुनै व्यक्तिले नभइ मलाई महाधिवेशनले अध्यक्ष चयन गरेको हो’ कुँवरले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘गुट उपगुट भन्ने कुरा कसैले गर्नै मिल्दैन, मैले नेतृत्व पाए भन्दैमा म आफूखुसी भने चल्दिन अग्रजहरूसँग सल्लाह गरेर नै अघि बढ्छु ।’

पन्त समूहले दुई अध्यक्ष बनाउने घोषणा गरेको विषयमा उनले विधान विपरीत कसैले गतिविधि गर्न नपाउने बताए । ‘उहाँहरूले कुनै सहमति गर्नुभयो होला, सहमति त विधान बमोजिम हुनुपर्छ नि’ उनले भने, ‘दुई जना अध्यक्ष बनाउन मिल्ने एनआरएनएको विधानमा छैन, यो प्रस्ताव बन्द सत्र हलमा आएको पनि छैन, अब त्यस्ता कुरा गरेर हुनेवाला केही छैन ।’

पन्त पक्षधरले आफूलाई अध्यक्षको मान्यता नदिने भने पनि यसको कुनै अर्थ नरहेको उनले बताए । महाधिवेशनले विधान सम्मत नै अध्यक्ष बनाएकाले अब अन्य कुरा छाडेर मिलेर अघि बढ्नु पर्ने उनले बताए ।

एनआरएनएलाई फुट हुन भने नदिने पक्षमा नै आफू रहेको उनले बताए । ‘म संस्थापकहरूसँग सल्लाह गर्छु, उहाँहरूले फुटतिर जानु हुँदैन’ उनले भने, ‘अब सबै मिलेर काम गर्ने हो, म एक्लै होइन सामूहिक रुपमा नै अघि बढ्छौं

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago