चुनावका लागि दल दर्ता गर्दै एमाले

२०७८, १३ फाल्गुन शुक्रबार ११:४४

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ । आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय निर्वाचन प्रयोजनका लागि शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

दल दर्ताका लागि एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा साढे १२ बजे पार्टीको प्रतिनिधिमण्डल आयोग जाने भएको उपप्रमुख रिजालले जानकारी दिए ।
सरकारले वैशाख ३० गतेका लागि स्थानीय निर्वाचनको घोषणा गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु