तानसेन नगरपालिकामा एमालेका उम्मेदवारको टुङ्गो

२०७९, ११ बैशाख आईतवार ०७:५५

पाल्पा ११, बैशाख
निकै महत्त्वपूर्ण मानिएको चर्चामा रहेको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो नेकपा एमालेले लगाएको छ । जसअनुसार तानसेन नगरपालिकामा धनेन्द्रराज घिमिरे नगर प्रमुख र शशि श्रेष्ठलाई उप प्रमुखको उम्मेदवार बनाउने निर्णय भएको नेकपा एमाले तानसेन नगरका अध्यक्ष गुरास आत्रेयले बताउनुभयो ।

तानसेन नगरपालिका प्रमुखका उम्मेदवार घिमिरे नेकपा एमाले पाल्पाका अध्यक्ष हुनुहुन्छ । घिमिरेलाई सामाजिक, राजनीतिक तथा प्राज्ञिक नेताका रुपमा चिनिन्छ । यस्तै उपप्रमुखकी उम्मेदवार श्रेष्ठ  नेकपा एमाले तानसेन नगर कमिटी उपाध्यक्ष हुनुहुन्छ । श्रेष्ठलाई सामाजिक नेतृको रुपमा चिनिन्छ । श्रेष्ठ वडा नं. १ की वर्तमान कार्यपालिका सदस्य रहेर काम गरेको अनुभव समेत रहेको छ ।

Comments

ताजा खबर