विद्युतीय गाडी आयात हालसम्मकै उच्च, सय किलोवाटमाथिका गाडी आयात ह्वात्तै बढे

नेपालमा शक्तिशाली विद्युतीय गाडीको प्रवेश बढ्न थालेको छ। १०० किलोवाट बढी क्षमताका गाडीको आयात ह्वात्तै बढेको हो।

अघिल्ला वर्षमा थोरै पावर भएका विद्युतीय गाडी आयात हुने गरेकोमा अहिले बढी पावर भएका गाडी भित्रिन थालेका हुन्।

चालू आर्थिक वर्षमा हालसम्मकै उच्च विद्युतीय गाडी भित्रिएका छन्। चालू आर्थिक वर्षको ८ महिनामा १३ सय ५७ वटा विद्युतीय चारपांग्रे भित्रिएका छन्। गत वर्ष सरकारले विद्युतीय गाडीमा कर बढाउँदा १०३ वटा मात्रै आयात भएका थिए।

यसअघि राम्रो विद्युतीय गाडी बिक्री हुँदा पनि यही अवधिमा ४ सय २८ वटा मात्रै भित्रिएका थिए। विद्युतीय गाडी सुरुमा महिन्द्राको इटुओ, बीवाईडी, किया निरो, एमजी जेटएस र हुन्डाईको कोना बिक्री भइरहेका थिए।

चालू आर्थिक वर्षबाट भने टाटाको नेक्सन ईभी, निशानको लिफ, हुन्डाईको आयोनिक ५, ग्रेटवाल मोटर्सको ओरा नेपाल भित्रिएका छन्।

विश्वचर्चित ब्रान्ड टेस्लाका विद्युतीय गाडी समेत नेपाल भित्रिन थालेका छन्। यो वर्ष भित्रिएर सबैभन्दा बढी व्यापार गर्ने टाटाको नेक्सन ईभी रहेको छ।

विद्युतीय गाडीको पावर ब्याट्री र मोटरको आधारमा हेरिन्छ। नेपाल सरकारले कर पनि मोटरको किलोवाटको आधारमा लगाउँदै आएको छ। थोरै किलोवाट हुनेले थोरै कर र धेरै किलोवाट हुने गाडीमा धेरै कर तिर्नुपर्छ।

नेपालमा सानो तर चर्चित विद्युतीय गाडी महिन्द्र इटुओ रहेको छ। जसको११ किलोवाट आवर र १५ किलोवाट आवरको ब्याट्री रहेको छ। उक्त गाडीमा इलेक्ट्रिक मोटर १९ किलोवाट र ३० किलोवाट रहेको छ।

टाटाको नेक्सनमा ३० किलोवाट आवरको लिथियम आयन ब्याट्रीमा १००  किलोवाटको मोटर रहेको छ। किया निरो ईभीमा १५० किलोवाटको मोटर रहेको छ। २०२० को निशान लिफमा ११० किलोवाटको इलेक्ट्रिक मोटर रहेको छ।

४४.५ किलोवाट आवर ब्याट्री पावर रहेको एमजीको जेटएस ईभीमा १०५ किलोवाटको मोटर छ। हुन्डाई आयोनिक प्रिमियम विद्युतीय गाडी हो। स्ट्यान्डर्ड रेञ्ज र लंग रेञ्जका दुईवटा मोडल रहेका छन्। स्ट्यान्डर्ड रेञ्जकै १२५ किलोवाट मोटर छ।

 

 

४ अर्ब रुपैयाँका विद्युतीय गाडी 
अघिल्ला वर्षमा १०० किलोवाटभन्दा साना विद्युतीय गाडी आयात हुने गरेकोमा अहिले १०० किलोवाटभन्दा बढी क्षमताका गाडी भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

फागुनसम्म १०० किलोवाटसम्मका ६२५ वटा विद्युतीय गाडी आयात भएका छन् भने १०० किलोवाटदेखि २०० किलोवाटसम्म ७३० वटा विद्युतीय गाडी आयात भएका छन्। ३ सय किलोवाटभन्दा बढीका २ वटा गाडी आयात भएका छन्।

गत वर्ष १०० किलोवाटमाथिका ३ वटा गाडी मात्रै आयात भएका थिए। ७५ अर्ब ९५ करोड रुपैयाँबराबरका कुल गाडी तथा पार्टस् आयात हुँदा ४ अर्ब रुपैयाँ बराबरका विद्युतीय गाडी आयात भएका छन्।

१०० किलोवाटभन्दा तलका १ अर्ब ६६ करोड रुपैयाँबराबरका आयात भएका छन्। १ सयदेखि २०० किलोवाट मोटर पावर रहेका २ अर्ब २८ करोड रुपैयाँको आयात भएको छ।

गत वर्ष ८ महिनामा ६२ अर्ब ८३ करोड रुपैयाँको सवारीसाधन तथा तिनका पार्टस आयात भएका छन्। जसमा जम्मा १७ करोड रुपैयाँ बराबरका मात्रै विद्युतीय सवारीसाधन भित्रिएका थिए।

गत वर्ष ८ महिनाको अवधिमा जम्मा १०३ वटा विद्युतीय आयात भएका छन्। जसमा ५० किलोवाटसम्मका ७६ वटा गाडी आयात भएका थिए भने ५० देखि १०० किलोवाटसम्मका २४ वटा गाडी आयात भएका थिए।

 

 

नयाँ आउँदै गरेका विद्युतीय गाडी
नेपालमा विद्युतीय गाडीमा विश्वास बढ्दै जाँदा नयाँ नयाँ मोडल नेपाल भित्रिँदै छन्। टाटाकै सेडान टिगोर ईभीका केही गाडी भित्रिई टेष्ट ड्राइभ तथा बुकिङ भइरहेको छ।

महिन्द्राको ईकेयुभी १०० मा १५.९ किलोवाट आवर ब्याट्री प्याक रहेको छ। यसले ४० किलोवाट पावर र १२० एनएम टर्क जेनेरेट गर्छ। एक पटकको चार्जमा १५० किलोमिटर दिन्छ। त्यस्तै एक्सयुभी ३०० ले एकपटकको चार्जमा ३०० किलोमिटर दिने अनुमान गरिएको छ।

महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटेडले चालू आर्थिक वर्षभित्र २ वटै विद्युतीय गाडी भित्रिने तयारीमा रहेको उल्लेख गरेको छ।

Sanjay poudyal

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago