जापान, योकोहामा । कानागावा नेपाली कम्यूनिटीको तेस्रो अधिवेशन सर्वसम्मतिबाट राजेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गर्दै सोमवार सम्पन्न भएको छ ।
१८ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यमकान्त कँडेल, उपाध्यक्षहरूमा गणेशजंग राणा, भीष्मविक्रम थापा, टिकाराम कँडेल र राजेन्द्र अर्याल, महासचिवमा सुशील तिवारी, कोषाध्यक्षमा सुरेश के.सी. र सह-सचिवमा रूद्रलाल कँडेल ‘रामु’ चयन हुनु भएको छ भने सदस्यहरूमा सुदीप लम्साल,
राजकुमार श्रेष्ठ, सचिन के.सी.,भरत देवकोटा, विष्णु थापा क्षेत्री र नारायणप्रसाद कँडेललाई छनौट गरेको निर्वाचन समितिका संयोजक प्रकाश पौडेल ‘माइला’ ले जानकारी दिए ।
संयोजक पौडेलका अनुसार, सो अधिवेशनले विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष १ जनाको पद थप गरी ३ जना उपाध्यक्षबाट ४ जना रहने ब्यवस्था गरेको छ भने सदस्य ३ जनाको चयन भने कार्यसमितिले पछि गर्ने छ । निर्वाचन समितिमा पौडेलसंगै सदस्यमा लोकनाथ वस्ती र बाबुराम भण्डारी रहेका थिए ।
सो अधिवेशनको समापन समारोहमा कानागावा नेपाली कम्यूनिटीका संरक्षक जिज्ञानकुमार थापा,गैर आवासीय नेपाली संघ एशिया प्यासिफिक सह-संयोजक ददीवल खड्का, नेपाली व्यापार संघ-जापानका अध्यक्ष विजय थकाली,चितवन समाज-जापानका अध्यक्ष राजनकुमार श्रेष्ठ,दोलखा समाजोजापान का अध्यक्ष महेश खड्का, संचारकर्मी दिनेशकुमार थपलिया, निर्वाचन समितिका संयोजक र सदस्यहरूले नवगठित कार्यसमितिलाई बधाईसहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा नि-वर्तमान हुँदै गरेका कानागावा नेपाली कम्यूनिटीका अध्यक्ष डोलराज सापकोटा ‘हरि’ ले जापानमा रहेका नेपालीहरूको एउटा अलग्गै के पहिचानसहितको क्रियाशील नेपाली समुदायिक संगठन बनाउन विभिन्न कठिनाईका बावजुदपनि सबैको सर-सहयोगबाट सफलता हासिल गर्न सकिएकोमा खुशी ब्यक्त गरे । नव-निर्वाचित अध्यक्ष राजेन्द्र श्रेष्ठले संस्थाको साखलाई कायम राख्दै अझै ऊर्जाशील बनाई राख्नका लागि आफू क्रियाशील भई रहने प्रतिवद्धता ब्यक्त गरे ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…