नेप्से १५ अंकले घट्दा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको चौंथो कारोबारको दिन बुधबार १५ अंकले गिरावट आएको छ । बुधबार नेप्सेमा १५.५० अंकले गिरावट आएको हो । बुधबार २७३५.९३ अंकबाट सुरु भएको परिसूचक बिन्दु बजार बन्द हुने बेला २७२०.४४ अंकमा ओर्लिएको छ ।

आजको कारोबारमा सेयर बजार परिसूचक ०.५७ प्रतिशतले घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ५.२२ अंक अर्थात १ प्रतिशतले घटेर ५१७.९४ अंकमा ओर्लिएको छ ।

साताको चौथो कारोबारको दिन आज २२८ कम्पनीको ३ अर्ब १३ करोड १२ लाख १० हजार २ सय ८२ रूपैयाँ बराबरको ६२ लाख ४७ हजार ७ सय ७४ कित्ता सेयर ४८ हजार ९ सय ११ पटक खरिद बिक्री भएको छ ।

बजार घट्दा आज कारोबार भएका कम्पनीहरूमध्ये ५८ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २८ कम्पनीको सेयर मूल्य घटेको छ ।

दिव्यश्वरी हाइड्रोपावर लिमिटेड तथा युनाइटेड आइडीआई आरबी हाइड्रो पावर लिमिटेडकोको सेयर मूल्यमा आज सर्किट ब्रेकर लागेको छ । आज कारोबार उच्च हुने अन्य कम्पनीहरूमा घेल्मदी हाइड्रो लिमिटेड, तेह्रथुम पावर कम्पनी, रूरू जलविद्युत परियोजना, सामलिङ पावर कम्पनी लगायत छन् ।

समूहगत परिसूचकतर्फ हाइड्रो क्षेत्र र म्युचल फण्ड बढ्दा अन्य परिसूचक घटेका छन् । आज हाइड्रो समूह १.०७ प्रतिशत तथा म्युचल फण्ड समूह ०.८४ प्रतिशतले बढेका छन् । आज गुमाउने पाँच कम्पनीमा प्रभु बैंक डिबेन्चर , नेपाल फाइनान्स लिमिटेड , सपोर्ट माइक्रो फाइनान्स लिमिटेड, गुँरास लघुवित्त तथा लक्ष्मी इक्वटी फण्ड रहेका छन् ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago