जापान साहित्यिक चौतारी नेपाल जापान शाखाले साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ I

टोकियो, जापान साहित्यिक चौतारी नेपाल जापान शाखाले प्रवासमा “बालबालिका विशेष खोज तथा अनुसन्धानमूलक साहित्यिक कार्यक्रम” भव्यताका साथ सम्पन्न गरेको छ । कोरोना कहरले आक्रान्त बनिरहेको यस विषम परिवेशमा आजको सूचना, सञ्चार र प्रविधिको सहि सदुपयोग गर्दै जनवरी २२ तारिख शनिवारका दिन भर्चुअल माध्यम जुम मार्फत् बालबालिका विशेष “खोज तथा अनुसन्धानमूलक साहित्यिक कार्यक्रम सम्पन्न भएको हो ।

बालबालिकाहरूलाई प्रत्यक्ष खोज तथा अनुसन्धानात्मक विषयवस्तुहरूमा प्रत्यक्ष संलग्न गराएर बालबालिकाको व्यक्तिगत, सामाजिक र मानसिक रूपमा क्षमताको विकास गराउने अभिप्रायले आयोजना गरिएको यस कार्यक्रममा जापानमा अध्ययनरत कक्षा ३ देखि कक्षा ९ सम्मका जापानिज स्कूल तथा नेपाली स्कूलका विभिन्न उमेर समूहका बालबालिकाहरूले विभिन्न विषयवस्तुहरूमा केन्द्रित रहेर तयार पारेको खोजमूलक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । फरक सोच, फरक शैली तथा फरक विषयवस्तुमा फरक उमेर समुदायका बालबालिकाहरूको फरक प्रस्तुति रहेको कार्यक्रममा, एभरेष्ट इन्टरनेशनल स्कूलबाट चार जना, हिमालयन इन्टरनेशनल एकेडमीबाट तीन जना, इण्डियन इन्टरनेशनल स्कूलबाट एकजना र विभिन्न जापानिज स्कूलमा अध्ययनरत बालबालिकाहरूको सहभागिता रहेको थियो। कार्यक्रम फरक शैलीको थियो ।

आजसम्म हुने र गर्दै आएका कार्यक्रम भन्दा विल्कुलै फरक । श्री स्वस्थानी स्तोत्र पाठ गरेर कक्षा ६ मा अध्ययनरत अपिकल पुडासैनीले कार्यक्रमको शुभारम्भ गरे पश्चात् कक्षा दुईमा अध्ययनरत सामीप्य अर्यालले शताब्दी पुरुष जिजु हजुरबुवालाई सम्बोधन गर्दै लेखेको चिट्ठीले साँच्चिकै तीन पुस्ताको पारिवारिक प्रेमलाई एकै शब्दमा समेटेको आभास भएको थियो। यसैगरी साल्भिया गौडेलको “नारीता हुदै नेपाल सम्मको यात्रा” संस्मरण, सज्जन आचार्यको “राम्रो देश” कविता, रोचक पाठकको “यसमा मेरो के दोष” कविता, प्रविना बरालको नेपाल हाम्रो अति लाग्छ प्यारो र समृद्धि पोखरेलको प्रस्तुति रहेको थियो भने दीपिका कँडेलले “रामेश्वरको गल्तिको महशुष” कथा र सिफासा सापकोटाले कथा, प्रस्तुत गरेकी थिइन् । यसैगरी सिजुका थापा मगरको नेपाली पोषाक पाल्पाली ढाकाको इतिहास, आकृति बास्तोलाको नेपाली कलाकार अरनिकोको जीवनी तथा प्रसुम शर्माको पर्यटकिय साहित्यको चितवन यात्रा पनि यस कार्यक्रमका प्रमुख आकर्षण थियो ।

कार्यक्रममको सिलसिलामा मन्जुल मितेरीले गीत तथा जापानको दक्षिणी भाग क्यूस्यु कुमामोतोको पहरामा बन्दै गरेको बुद्धको मूर्ति निर्माण गर्दै गर्दाको फोटो तथा भिडियो मार्फत् उक्त कार्ययोजनाको प्रगति तथा सन्देश सबैलाई दिदैँ गर्दा बालबालिकाको जिज्ञासाले कार्यक्रमको माहौल साँच्चै एउटा पृथक अनुसान्धानमा जम्मा भएको अनुसान्धानकर्ताहरुको गोलमेच झैँ लाग्थ्यो । शिल्पकार, कवि तथा गीतकार मञ्जुल मितेरीको टिमद्वारा जापानको कुमामोतोमा निर्माणाधीन रहेको ६५ फिट अग्लो बुद्धको मूर्तिको माध्यमबाट नेपालको कला,कौशल र अरनिको सम्मको इतिहास विश्व सामु चिनाउने एउटा सुनौलो अवसर र माध्यमको रूपमा अझ विस्तृत जानकारी गराउँदै जापानमा बसोबास गर्ने बालबालिकाहरूप्रति “नेपाली भाषा र साहित्यको महत्त्व तथा आवश्यकता बोध गराउन यस कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गरेको छ” ।

संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष तथा सल्लाहकार एवं साहित्यिक चौतारी नेपालका केन्द्रका सल्लाहकार प्रा. डा. भिम खतिवडाज्यूको बिश्लेषक थियो । यसैगरी जापानको परिवेशमा नेपाली बालबालिकाहरूप्रति नेपाली भाषा र साहित्यको प्रेमको विजारोपण गर्न र यसलाई स्थायित्व कायम राख्न अभिभावकहरूको प्रमुख भूमिका रहन्छ। एभरेष्ट इन्टरनेशनल स्कूलका संस्थापक प्रधानाध्यापक तथा हार्मोनी प्रिस्कूल इन्टरनेशनलका सञ्चालक प्रदीप थापा ज्यूको विचार थियो । सम्भवत जापानको इतिहासमा यो पहिलो, पृथक र उत्तिकै प्रभावकारी कार्यक्रम रहेको दाबी गर्दै, यस्तै खालका बालबालिका केन्द्रित कार्यक्रमहरू आयोजना गर्नका लागि विभिन्न सामाजिक तथा साहित्यिक संघ संस्थाहरूसंगको सहकार्यबाट अझ नेपाली भाषा, साहित्य क्षेत्रको दायरालाई फराकिलो पार्न र विकासमा टेवा पुर्याउन साहित्यक चौतारी नेपाल जापान शाखाको अपरिहार्य भूमिका रहेको बताउनूभयो ।

कार्यक्रममा बालबालिकाहरुको प्रतिभा केन्द्रीकरण तथा समायोजनको भूमिका निर्वाह गर्नुहुने हिमालयन इन्टरनेशनल एकेडमीका सञ्चालक शिशिर गौँडेल तथा एभरेष्ट इन्टरनेशनल स्कूल नेपाली बिषयका शिक्षक अर्जुन सडौलाको महत्वपूर्ण भूमिका रहेको थियो । सबै सहभागी बालबालिका तथा अविभावक, कार्यक्रमका समीक्षक तथा बिश्लेषक, प्रत्यक्ष प्रशारण मार्फत देशविदेशबाट हेरेर साथ दिनुहुने दर्शक तथा शुभचिन्तक, मिडियालाई संस्थाकी अध्यक्ष विन्दा पराजुली बरालले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम संस्थाकै उपाध्यक्ष अमरदेव बास्तोलाले सहजिकरण गर्नुभएको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago