मतदातालाई धन्यवाद दिए महामन्त्री गगन थापाले

२०७९, ६ मंसिर मंगलवार २१:३७

कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ का मतदातालाई धन्यवाद दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत थापाले आफूलाई  विश्वास गरेर यस पटक पनि प्रतिनिधि सभा सदस्य पदमा विजयी गराएकोप्रति मतदातालाई धन्यवाद दिएका हुन् ।

‘फेरि एक पटक काठमाडौँ क्षेत्र नम्बर ४ का मतदाताहरूले मलाई विश्वास र स्नेह प्रकट गरेर प्रतिनिधि सभामा निर्वाचित गरिदिनुभएकोमा मेरो श्रद्धेय मतदाताहरूलाई कोटी कोटी नमन गर्न चाहन्छु। हजुरहरूप्रति म कृतज्ञ छु, आभारी छु र ऋणि छु।’, उनले भनेका छन् ।

Comments

ताजा खबर