काठमाडौँ– फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई जेलमुक्त गरी १५ दिनभित्र आफ्नै देश फर्काउन सर्वोच्च अदाललते आदेश दिएको छ।
जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्थाअनुसार सर्वोच्चले उनलाई जेल मुक्त गर्न आदेश दिएको हो। मुटु रोगबाट पीडित उनी हाल ७८ वर्षका भए।
शोभराजलाई जबर्जस्ती करणी गरी हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदाललते २०६० असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म कैदमा राख्न आदेश दिएको थियो। उक्त आदेशलाई तत्कालीन पुनरावेदन अदालत र सर्वोच्च अदालतले समेत सदर गरेको थियो। नियमित अवस्थामा १० महिना मात्रै कैद सजाय भुक्तान गर्न बाँकी रहेको अवस्थामा बुधबार न्यायाधीश सपना प्रधानमल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेका हुन्।
आदेशमा उल्लेख गरिएको छ, ‘निजलाई निरन्तर कैदमा राखीराख्नु कैदी बन्दीको मानव अधिकार मापदण्ड, संविधान तथा कानून प्रदत्त अधिकार अनुकूल देखिएन। बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ। अन्य मुद्दामा थुनामा रहेका निजलाई आजै कैदबाट छाडी दिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत यो आदेश जारी गरिएको छ।’
सुन्धारको कारागारमा रहेका शोभराजले गत मंसिर ९ गते आफूलाई जेष्ठ नागरिकले पाउने सुविधा दिन निवेदन दिएका थिए।
कारागार नियमावली, २०२० का नियम २९(२क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरूलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परि निको नहुने अवस्थामा पुगेको कैदीलाई ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने सुविधा दिएको छ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…