काठमाडौँ: सम्बन्ध भएका निकायसँगको सहकार्य र समन्वयले मात्र नागरिकको चाहना अनुसार महानगरको विकास सम्भव हुने बताइएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको पूर्वाधार विकास समन्वय बैठकमा सहभागीले पूर्वाधारको कुनै पनि काम गर्दा सम्बन्ध भएको सबै निकायसँग सहकार्य गरेर मात्र सुरू गर्नुपर्ने धारणा राखेका हुन् ।
कार्यक्रममा कामपा प्रमुख बालेन्द्र साहले आ-आफ्नो कार्यक्षेत्रको जिम्मेवारीपूर्वक समन्वय गरी अघि बढ्न सके विकासको काममा कुनै पनि निकाय बाधक बन्न नपर्ने धारणा राखे । प्रमुख साहले भने, ‘विशेषगरी सडक विभाग, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल विद्युत् प्राधिकरण र अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिजस्ता निकायसँग सहकार्य हुन सके काम गर्न सजिलो र प्रभावकारी विकास सम्भव हुन्छ ।’
कार्यक्रममा काठमाडौँ उपत्यकाको अन्तिम फोहोर व्यवस्थापन स्थल सिसडोलसम्म जाने तीनपिप्ले सडकखण्ड मर्मतको काम सक्दो छिटो सम्पन्न गर्न सडक विभागलाई आग्रह गरिएको छ ।
त्यसैगरी नेपाल विद्युत् प्राधिकरणसँग ठूलो अपेक्षा रहेको भन्दै कामपाले यसअघिकै विभिन्न शीर्षकमा रहेको बक्यौता रकम बुझाउन अनुरोध पनि गरेको छ । कार्यक्रममा कामपाका उपप्रमुख सुनिता डङ्गोलसहित विभिन्न कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…