काठमाडौँ: २०२२को मार्च १८सम्म अमेरिकी अन्तरिक्ष संस्था (नासा)ले ४ हजार ९४० वटा एक्जो–प्लानेट्स पत्ता लगाएको छ । सौर्यमण्डलभन्दा बाहिरका ग्रह एक्जो–प्लानेट्स हुन् । यी बाह्य ग्रहहरुमध्ये नासाको केप्लर मिसनमार्फत १२ सय ८४ सय वटा ग्रह पत्ता लागेका छन् ।

अन्तरिक्षमा ग्रह तथा आकाशीय पिण्डको अध्ययन अनुसन्धान गर्नका लागि भनेर सन् २००९ मा सुरु भएको केप्लर मिसन २०१८मा सकिएको थियो । सन् २०१६ मा केप्लर मिसनमार्फत ग्रह पत्ता लगाउने नयाँ वैज्ञानिक विधिको विकास भएको थियो । त्यही विधिमार्फत १२ सय ८४ वटा ग्रह पुष्टि भएका थिए ।
नासाले ग्रह भनेर पुष्टि गरेका यी ग्रहहरुमध्ये ३ वटा ‘ग्रह’नै नभएको एक जना नेपाली अनुसन्धानकर्ताले पुष्टि गरिदिएका छन् । यस्तै, नासाले नै ग्रह भनेको अर्को एउटा पिण्डमाथि पनि उनले प्रश्न उठाएका छन् ।

तारा नजिकै रहेका ग्रहलाई ताराको गुरुत्वाकर्षण बलले कसरी असर गर्छ भनेर प्रज्वल निरौलाले अनुसन्धान गरेका थिए । अमेरिकाकको म्यासुच्युएट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा खगोल विज्ञानमा विद्यावारिधी गरिरहेका निरौलाले केप्लर टेलिस्कोपले ग्रह पुष्टिका गरेका ३ वटा आकशीय पिण्ड वास्तवमा ‘ग्रह’ नभएर ‘तारा’ भएको पुष्टि गरेका हुन् ।

निरौलाले गरेको यो अनुसन्धान सम्बन्धीको विस्तृत अध्ययन मार्च १५मा एस्ट्रोनोमिकल जर्नलमा प्रकासित छ ।

युरोपेली स्पेस एजेन्सीको अन्तरिक्ष पर्यवक्षेक टेलिस्कोप ‘गाया’मार्फत केप्लरको तथ्यांक उनी र उनका प्रोफेसर जुलियन डी विट र अन्य दुई जना मिलेर अनुसन्धान गरेका थिए । तथ्यांक विश्लेषण गर्दा तीनवटा ग्रहहरु ‘तारा’ भएको पुष्टि भएको हो ।

एमआईटीबाट कान्तिपुरसँगको टेलिफोन कुराकानीमा अनुसन्धानकर्ता निरौलाले भने, ‘जुन विधि मार्फत केप्लर टेलिस्कोपले १२ सय ८४ वटा आकशाीय पिण्ड पत्ता लगाएको थियो, त्यही विधि मार्फत तथ्यांक संकलन र विश्लेषण गरिएको थियो । उक्त विधि सही हुनका लागि ताराको आकार पनि सही हुनुपर्थ्यो तर त्यो देखिएन ।’

ताराको वरिपरी घुम्ने बाह्य ग्रहहरुको गुरुत्वाकर्षण ताराभन्दा १० गुणा सानो हुुने प्रज्वलले बताए । केप्लर–८५४बी को गरुत्वाकर्षण धेरै नै थियो । अनुसन्धानकर्ताहरुले यसको गुरुत्वाकर्षण ग्रह आकारको आकाशीय पिण्डमा हुने भन्दा धेरै नै पाएका थिए ।

ग्रह पुष्टि नभएका यी ग्रहहरुको आकार बृहस्पतिकोभन्दा २.५ गुणा ठूला थियो । यत्रो ठूलो आकार अहिलेसम्म पत्ता लागेका ग्रहहरुभन्दा नै ठूलो थियो । थप पुष्टि गर्न गुरुत्वाकर्षणको असर हेरियो । ‘तारालाई ग्रहले असर गर्ने हो तर यहाँ ग्रह भनिएको आकाशीय पिण्ड नै तारा भइदियो,’ निरौलाले भने,‘ त्यो वस्तुको गुरुत्वाकर्षण बल धेरै नै भयो । ग्रहबाट भन्दा ताराबाट उत्पन्न हुने खालको गुरुत्वाकर्षण बढी थियो ।’

केप्लर–८५४ बीको गुरुत्वाकर्षण बल बृहस्पतिको भन्दा सय गुणाले बढी रहेको पाइएको थियो । ८४०–बीबाट आफैं प्रकाश उत्पन्न गरिरहेको पाइएको थियो । ताराहरुले मात्रै आफ्नो प्रकाश आफैं उत्पादन गर्छन् भने ग्रहहरुले कहिल्यै प्रकाश उत्पादन गर्दैनन् । ८५४ बी र ८४० बी नजिकै छन् । यी हरेक तीन दिनमा आफ्‍नो मुख्य ताराको वरिपरि घुम्ने निराैलाले बताए । ८५४ फोटोमेट्रिक मोडुलसेन विधि प्रयोग गरिएको थियो भने अन्य पिण्डहरुमा ट्रान्जिट विधि थियो । फोटोमेट्रिक विधिमा हरेक तीनमा ग्रहले प्राप्त गर्ने प्रकाश र गुरुत्वाकर्षणको आधारमा अध्ययन गरिन्छ भने ट्रान्जिट विधिमा तारामा ग्रहको छायालाई आधार मानिन्छ ।

अर्को पिण्ड ६९९–बी पत्ता लगाएको ग्रहहरुको भन्दा धेरै नै टाढा अवस्थित छ । यसको गुरुत्वाकर्षण अध्ययन गर्न अनुसन्धानकर्ताहरुले सकेनन् । यो पिण्डले हरेक ३० दिनमा एक फन्को लगाउने गरेको पाइएको थियो । ३०/३० दिनमा एक चक्कर लगाउने कुराको अनुमान गर्न आफूहरुलाई शंका लागेको उनले बताए ।

तारा नजिक भएका ग्रहहरु ठूला हुन्छन् । दुई वटा बृहस्पति आकारका ग्रहहरु तारा नजिक नै हुन्छन् । ‘ग्रह भनिएको ६९९–बी धेरै ठूलो पनि भयो अनि ३० दिनमा घुम्ने भएकाले यो ग्रह हुने सम्भव नै छैन’ निरौलाले भने ।

निरौलाले यी ताराको अवस्थिती सौर्यमण्डलभन्दा ३ हजार प्रकाश वर्षभन्दा टाढा छन् । एक प्रकाश वर्ष दूरी भनेको एक वर्षमा प्रकाशले पार गर्ने दूरी हो अर्थात ९५ हजार अर्ब किलोमिटर हो।

निरौलाको समूहले केप्लर ग्रह भनेको ७४७–बी माथि समेत प्रश्न तेर्साएको छ । यसका नजिक फाट्टफुट्ट अन्य ग्रहहरु धेरै छैनन् । यसले प्राप्त गर्ने विकिरणको मात्रा कम छ र यो बृहस्पतिभन्दा १.८ गुणाले ठूलो छ । ‘यत्रो आकारको ग्रह सम्भव छ तर यसले प्राप्त गर्ने विकिरणको आधारमा चाही ग्रह हुन सक्दैन,’ निरौलाको अनुसन्धानमा भनिएको छ ।
प्राय: ग्रह पत्ता लगाउने क्रममा छायाँको आकारलाई आधार मानिन्छ । ग्रहले तारालाई परिक्रमा गर्दा छाया तारामा देखिन्छ । अनि ताराको तुलनामा ग्रहको आकार कत्रो छ भन्ने थाहा पाइन्छ । ताराबाट आउने प्रकाश हरेक ३–३ दिनमा एक प्रतिशतले घट्यो(मधुरो) भयो भने ताराको तुलानामा त्यो आकशीय पिण्डको आकार १० गुणाले सानो हुने निरौला बताउँछन् ।

खगोलशास्त्रीहरुलाई ताराको आकार पहिल्यै नै थाहा नहुन सक्छ । कुनै तारा ठूलो छ भने वरीपरी घुम्ने वस्तु तारा पनि हुन सक्ने सम्भावना हुन्छ । सानो आकारको तारा छ भने त्यसलाई परिक्रमा गर्ने वस्तु ग्रह हुन सक्ने अनुमान अनुसन्धानकर्ताहरु गर्छन् । निरौलाले नासाले पत्ता लगाएका उक्त ग्रहबारे गरेको अनुसन्धान नतिजा नासाले आर्काइभमा राख्‍ने छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago