तानसेन नगरपालिका र नेपाल रेडक्रस सोसाइटी पाल्पाकाे संयुक्त लगानीमा एम्बुलेन्स सञ्चालन

२०७९, ३ कार्तिक बिहीबार १४:२५

पाल्पा । दुर्गममा रहेका जनता तथा स्वास्थ्य उपचारमा समस्यामा रहेका नागिरककाे सहज उपचारक लागी खरिद भएकाे एम्वुलेन्स एक कार्यक्रमका विचमा हस्तान्तरण गरिएको छ । तानसेन नगरपालिका र नेपाल रेडक्रस सोसाइटीकाे संयुक्त लगानीमा किनिएको एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी पाल्पालाई व्यवस्थापन र संचालन गर्ने गरी हस्तान्तरण गरिएको हाे ।

सम्वन्धित समाचार

रेडक्रसद्वारा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

भाडामा यात्रु बोक्ने सरकारी एम्बुलेन्स ट्राफिकको कारवाहिमा

कार्यक्रममा तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठ र पूर्व मेयर अशोककुमार साहीले संयुक्त रुपमा रिवन काटेर सोसाइटीका सभापति बुद्धि प्रसाद शर्मालाई एम्वुलेन्स हस्तान्तरण गर्नुभयो । विपतमा परेका तथा विरामीहरुलाई सहज रुपमा अस्पतालसम्म पुर्याउने उद्देश्यले एम्बुलेन्स खरिद गरेर रेडक्रसलाई व्यवस्थापनको जिम्मा दिइएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल शाक्यले बताउनुभयो । कोही पनि नागरिकहरु अकालमा ज्यान जान नपरोस भनेर सहुलियत रुपमा रेडक्रसले एम्बुलेन्स संचालन गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो  ।

Comments

ताजा खबर