नागोयामा खुल्ला नकाउट भविवल प्रतियोगिता हुने

जापान । गत वर्ष जस्तै यस वर्ष पनि जापानको नागोयामा खुल्ला नकाउट भलिवल प्रतियोगिता हुने भएको छ। गल्कोट समाज जापान , क्षेत्रिय समिति नागोयाले आयोजना गरेको उक्त प्रतियोगिता जुन १ तारिक नागोयाको Takayokosukamachi Masugata Tokai, Aichi Japan 477-0037 Aki :0wariyosuka को Tokai city shimnin ,gymnasium Tel-0562 32 2311 मा संचालन हुने खेल संयोजक मनोज केसीले बताए।

गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाले गल्कोटको शिर घुम्टेमा शिवको मूर्ति निर्माण गर्ने उदेश्य सहित तेस्रो रनिङ कप भलिबल प्रतियोगिता आयोजना गरेको बताईएको छ।

बाग्लुङ जिल्लाको गल्कोटमा अबस्थित घुम्टे पहाड धार्मिक तथा पर्यटकीय दुबै दृष्टीकोणबाट चर्चित रहि विशेषतः हिन्दू धर्मावलम्बीहरूले त्यस ठाउमा शिवको पूजा आराधना गर्ने भएकोले शिव मूर्ति स्थापना भएमा उक्त क्षेत्रको अझै महत्व बढेर पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बिश्वासका साथमा सो प्रतियोगिता गरिन लागिएको अध्यक्ष रामुथापा काजीले बताए । अध्यक्ष थापाका अनुसार सो प्रतियोगिताबाट बचत रकममार्फत घुम्टेको शीरमा आकर्षक शिवको मूर्ति निर्माण गरि स्थापना गरिनका लागि रनिङ कप प्रतियोगिता सदा झैं सम्पूर्ण खेलप्रेमि एवं अग्रजहरु बाट सदभाव तथा सहयोग पाउनेमा आफु विश्वथ रहको काजीले बताए।

प्रतियोगितामा प्रथम हुने टिमलाई तीन लाख दुई हजार दुई सय बाईस येन नगद प्रमाण पत्र,मेडल र रनिंग कप तथा द्वित्तीय १ लाख बहत्तर हजार दुई सय बाईस येन नगद, प्रमाण पत्र,मेडल साथै सान्त्वना पुरस्कार स्वरुप दुई टीमलाई पचास हजार येन नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी पाँच छुट्टाछुट्टै विधाका उत्कृष्ट खेलाडीलाई नगद र ट्रफी द्वारा सम्मान गर्ने पनि बताईएको छ । जसमा अन्तरगत बेष्ट प्लेयरलाई १० हजार येन नगद र ट्रफी, बेष्ट स्पाईकर ५ हजार येन नगद र ट्रफी, बेष्ट ब्लकरलाई ५ हजार येन नगद र ट्रफी बेष्ट डिफेन्सरलाई ५ हजार येन नगद र ट्रफी बेष्ट सटरलाई येन नगद र ट्रफी रहने खेल संयोजक मनोज केसीले जानकारी दिए।
प्रतियोगितामा सहभागी हुनका लागि प्रत्येक टिमलाई प्रवेश शुल्क४० हजार येन तोकेको छ यसका लागि समाजको आधिकारिक खातामा मे ३० तारिक दिनको तीन बजेसम्म सो बापतको रकम जम्मा गरिनु पर्ने र त्यसैका आधारमा मे ३१ तारिक टाईसिट प्रकाशन गर्ने समाजका सचिव राम खत्रीले जानकारी दिए ।

Comments
Bishawas Acharya

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago