एमसीसी विरुद्ध प्रदर्शन गर्ने १३ जनालाई प्रहरीले पक्राउ

२०७८, ८ फाल्गुन आईतवार १९:४५

काठमाडौंः अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रवक्ता विष्णुकमार केसीले काठमाडौंका विभिन्न स्थानबाट प्रदर्शनमा उत्रिएका १३ जनालाई नियन्त्रणमा लिएको अन्नपूर्णलाई जानकारी दिए।

उनले भने, ‘प्रदर्शनमा स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार भयो। प्रदर्शनमा उत्रिएका १३ जनालाई पक्राउ गरेका छौं।’ संसदमा एमसीसी टेबल हुने भएपछि नयाँ बानेश्वर क्षेत्र आइतबार दिउँसो तनावग्रस्त बनेको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु