ज्यान जब भगवान भरोसा भयो , टर्कीमा मर्छु लागो !

दिक्तेल: खोटाङ्ग दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ साविकको सदरमुकाम दिक्तेलका मिलन दाहालले नेपाली सेनामा २० बर्ष सेवा गर्नुभयो ।

सरकारले सेनालाई दिने तलब, भत्ताले घर परिवारलाई राम्रो बनाउँन सक्नेगरी आर्थिक उपार्जन हुन सक्दैन भन्ने लागेपछि सेनाको सुबेदार पदबाट स्व–इच्छाको अवकास रोज्नुभयो ।

राम्रो घर, योग्य-दक्ष सन्तान र समुन्नत परिवारका लागि उहाँले अफगानिस्तानमा सेक्युरिटी गार्डमा काम गर्न जाने निधो गर्नुभयो ।

हामिसँग कुरा गर्दै उहाँले भन्नुभयो, नेपालको पैसाले पुगेन । केही कमाउँ भन्ने हुटहुटी चल्यो । झोला बोकेर अर्काको देशमा सुरक्षा गर्न आजभन्दा १२ बर्ष अघि अफगानिस्तान उडे ।

मिलन दाहाल राजनीतिक परिवारको सदस्य हुनुहुन्छ । नेपालमै बस्नुभएका भाई हर्क दाहाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडाध्यक्ष बन्नुभएको छ । मिलन भने, घर-परिवार र देशका लागि आर्थिक उपार्जनका लागि विदेश हानिनुभयो । सुरुमा त्यहाँपनि राम्रै थियो ।

एक हजार ५ सय अमेरिकी डलर मासिक कमाई थियो । अफगानिस्तान गएदेखि नै असुरक्षा भने खुबै थियो । तालिबानको दबादबा दिनप्रतिदिन बढ्दै गयो । अगष्ट महिनादेखि तालिबान संघर्ष उच्च बिन्दुमा पुग्यो । अफगानिस्तान युद्धको भूमरीमा फस्यो ।

अगष्ट महिनाभित्र नै अफगानिस्तानको राजधानी काबुलमा आक्रमण गर्ने तालिबानले घोषणा नै गर्यो । तालिबानहरु सहर नजिक आइसकेका थिए । तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला सरकारको तर्फबाट तालिबानसँग वार्ताका लागि जिम्मेवार निकायका प्रमुख डा. अब्दुल्लाह अब्दुल्लाहले गनीले देश छाडे । ६ अगस्टस्मा तालिबाट लडाकु समूहद्वारा जारान्ज कब्जा गरे । यो तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी थियो ।

१३ अगस्टमा दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा गयो । १४ अगस्टमा उत्तरी सहर मजार–ए–शरिफमाथि तालिबानको कब्जामा पुग्यो । १५ अगस्टमा युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा गयो ।

त्यसपछि १५ अगष्ट २०२१ मा राष्ट्रपति अशरफ गनीले देश छोडे । १६ अगष्टपछि त हामी त्यहाँ रहेका सबै विदेशी मृत्युको मुखमा पुगेका थियौँ मिलनेले त्यहाँको अवस्था बताउनुभयो । विदेशी अनुहार देख्नै नहुँने स्थानीय आएर आक्रमण गरिहाल्ने ।

तोडफोड निरन्तर भइरहेको थियो । अनौठो त यस्तो थियो की तालिबानले कब्जामा लिएपछि त्यहाँको सेना, सेना रहेन, प्रहरी, प्रहरीको रुपमा नै रहेन । हरेक तालिबानका हातमा अत्याधुनिक हतियार थिए । हतियार सहित सरकारमा आए । ज्यान अब भगवान भरोसा भयो ।

अति दुःख-कष्ट भइरहेका बेला अफगानिस्तानबाट तालिबानले उद्धार उडानमा विदा गरिदियो । तर विमानस्थलमा अमेरिकी सेना र तालिबानबीच संघर्ष जारी नै थियो ।

कहाँ लगिरहेको हो भन्ने कुनै टुंगो भएन । सुरुमा क्यानडा लैजाने भनेर विमान आकाशमा घुमिरह्यो । पछि हामीलाई बेलायत ल्याएछ । त्यहाँ ल्याएपछि फेरी कम्पनीले बेलायतसँग समन्वय गरेर त्यही काम गर्ने अवशर दियो । तर अत्याधिक चीसो र घरपरिवारको यादले गर्दा अब म काम गर्दिन । बाँचेर आए, परिवारसँग बस्छु भनेर नेपाल जाने निधो गरे ।

उहाँले आफूले खेपेको कष्ट सुनाउँदै जानुभयो, बेलायतमा पिसिआर गरेर टर्कीको स्ताम्बुल हुँदै नेपाल आउँनेगरी टिकट लिए । १५ दिनको बेलायत बसाई नै मेरालागि कष्टसाध्य भइसकेको थियो ।

नेपाल उड्दैछु भन्दा निक्कै खुशी थिए । त्यहाँ पीसीआर गरेको रिपोर्ट इमेलमा पठाउँछु भनेर गोराहरुले विमानमा चढाए । बेलायतबाट टर्कीको इस्ताम्बुल एयरर्पोटमा टान्जिट थियो तर मेरो पीसीआर रिपोर्ट बेलायतका गोराले ईमेलमा नहालेकाले मलाई त्यही रोकिदियो ।

५ दिनसम्म खानु न पिउनु, न कही सुत्नु म त्यही एयरपोर्टको कम्पाउण्डमा बन्धक जस्तै भए । अति कष्ट भोग्नु पर्यो । न भिसा छ, न त त्यहाँका कसैको भाषा बुझ्न सक्छु । अब त म यही मर्ने भए भन्ने लाग्यो । त्यसपछि त्यहाँको प्रहरीको (ठूलो पुलिस अफिसर) अधिकृत लाई रिपोर्ट गरेर की मलाई यही सूट गर कि नेपाल पठाउ भनेपछि बल्ल–बल्ल त्यहाँ पीसीआर परीक्षण कक्षमा लग्यो ।

मेरो पीसीआर रिपोर्ट नेगेटिभ आयो । त्यसपछि मात्र मलाई बोर्डिङ पास दियो । सेप्टेम्बर १ तारिकको राति बल्ल ठूलो साहस गरेपछि मातृभूमिका लागि उडे । सेप्टेम्बर २ मा नेपाल आएर आफ्नै मातृभूमिमा रमाउँदैछु । मिलनले आफ्नो कहानी सुनाएपछि भन्नुभयो, नेपालको अर्थतन्त्र वैदेशिक रोजगारी छ ।

तर प्रमुख गन्तव्यका विमानस्थलहरुमा नेपालीलाई साथ सहयोग गर्ने कुनै व्यवस्था छैन । राज्यले यदी यो क्षेत्रलाई प्राथमिकताका साथ हेरेको हो भने, नेपालको बैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य भएका देश र उक्त देशहरुमा उडान भर्दा हुने ट्रान्जिट पोइन्टमा नेपाली नै वा नेपाली भाषा बुझ्न सक्ने सहचारी राख्नुपर्छ । यो मेरो मात्र कष्ट हैन । विदेश जाँदा फर्किदा अधिकांश नेपालीले केही न केही कष्ट भोग्नु परेको नै छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago