गोरखा: चुनावी सभालाई सम्बोधन गर्न गत ६ वैशाखमा गोरखा आइपुगेका जसपाका संघीय परिषद्‌का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भनेका थिए, ‘गठबन्धन आवश्यकता र औचित्यता हेरेर वडावडामा पनि त गर्न सकिन्छ । सके सबै मिलौँ, नसके कुनै दुई वा तीन दलमात्र मिल्दा फाइदा हुन्छ भने त्यत्ति मिल्दा पनि भइहाल्छ ।’

जतिबेला डा. भट्टराईले यो वक्तव्य दिँदै थिए, त्यसबेला गोरखामा सत्तारुढ चार दल (कांग्रेस, माओवादी, जसपा र नेकपा एस) बीच भागबण्डामा कुरा नमिल्दा अन्योलता थियो । त्यति नै बेला भट्टराईले सबैलाई मिलाएरभन्दा फाइदा हेरेर दुई वा तीन दलीय गठबन्धन गर्दा हुने संकेत गरेका थिए ।

सोही दिन डा. भट्टराईले भनेका थिए, ‘सत्ता गठबन्धनका दलभन्दा बाहिर जानु पो भएन । गयो भने राजनीतिक नैतिकता रहन्‍न । गर्नै हुन्‍न भन्‍ने चाहिँ होइन, तर नैतिक रुपले राम्रो हुदैन ।’

भट्टराईले सत्ता गठबन्धनकै प्रयोग गरेर आफ्नो गृहनगर पालुङटारमा जसपाको नेतृत्व ल्याउन हदैसम्मको प्रयास नगरेका पनि हैन । स्रोतका अनुसार उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई पालुङटारमा कांग्रेसले जसपालाई मेयर जिताउन साथ आग्रह गरे ।

देउवाले एक्लाएक्लै चुनावी मैदानमा जाने निर्णय गरेर उम्मेदवारी दर्ता गराइसकेका कांग्रेसका मेयर पदका उम्मेद्वारलाई उ्म्मेद्वारी फिर्ता लिन हदैसम्म दबाब दिए । सहजै उम्मेदवारी फिर्ता लिन नमानेपछि मनोनयन फिर्ताको दिन देउवाले नै निर्वाचन अधिकृतको कार्यालयमा आफैंले पालुङटारमा कांग्रेसको मेयर पदका उम्मेद्वारको उम्मेदवारी फिर्ता गर्न भन्दै पत्र पठाए ।

तर, उम्मेदवारी फिर्ताको समय सकिएपछि पत्र आएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले देउवाले पठाएको त्यो पत्रको कार्यान्वयन गरेन । त्यसपछि पनि देउवाले आफ्ना उम्मेद्वारलाई निवासमा बोलाएर उम्मेदवारी स्थगन गर्न दबाब दिए ।

तर, देउवाको जोडबल पालुङटारका कांग्रेसी नेता, कार्यकर्ताले सुनेनन् । भट्टराईले आफ्नो गृहनगरमा आफ्नै पार्टीको मेयर बनाउन र देउवाले सरकार जोगाउन अन्तिम अवस्थासम्म पनि गरेका अनेक प्रयासले काम गरेन । अनि, यहाँ सबै दलहरू एक्लाएक्लै चुनावमा जाने निर्णय गरे ।

तर, भट्टराई भने गृहनगरमा आफ्नै पार्टीको नेतृत्व ल्याउने कुराको ‘सोख’ लाई यत्तिकै मेटाउन सकेनन् । अन्ततः सत्ता गठबन्धन दल बाहिर गएर चुनावी तालमेल गरे राजनीतिक नैतिकता रहन्‍न भनेका भट्टराईले एमालेसँग मिलेर चुनाव लड्ने निर्णय गरे । मतदान सुरु हुनुभन्दा तीन दिनअघि गत २७ वैशाखमा पालुङटार नगरपालिकामा जसपाले मेयर र एमालेले उपमेयर लिने गरि तालमेलको सहमति भयो । अनि, जसपा-एमालेको गठबन्धन मिलेर चुनावी मैदानमा होमियो । तर, नैतिकतालाई धरौटीमा राखेर सत्तागठबन्धन बाहिर पुगेर एमालेसँग गठबन्धन गरेका बाबुरामले गृहनगरमै हार व्यहोरेका छन् ।

पालुङटार नगरपालिकामा गठबन्धनलाई हराउँदै माओवादीले मेयर र उपमेयर दुबैमा जित हासिल गरेको छ । मेयरमा माओवादी केन्द्रका विवस चिन्तनले ६ हजार ७२ मत र उपमेयरमा वन्दना पाण्डेले ५ हजार ५७९ मत ल्याएर निर्वाचित बनेका हुन् । मेयरमा जसपा-एमालेको गठबन्धन उपविजेता बने पनि उपमेयरमा भने कांग्रेस निकटतम प्रतिस्पर्धी बनेको छ । मेयरमा जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७१७ मत ल्याएर उपविजेता बनेका छन् भने उपमेयरमा कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत ल्याएर निकटतम प्रतिस्पर्धी बनेकी छिन् ।

यस्तै, मेयरमा पूर्वमेयर समेत रहेका कांग्रेसका दीपकबाबु कँडेलले ४ हजार ९९७ मत पाएका छन् । उपमेयरमा गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक ४ हजार २८१ मत प्राप्त गरेकी छिन् ।

गोरखामा ११ पालिका छ । जसमध्ये ९ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । अन्तिम मत परिणाम सार्वजनिक भएको ९ पालिकामध्ये माओवादीले ८ पालिका जितेको छ भने कांग्रेसले एक पालिका जितेको छ ।

सिरानचोक गाउँपालिकामा मतगणना सकिएको छैन । यहाँ कांग्रेसका ज्ञानेन्द्र गुरुङ यो समाचार तयार पार्दासम्म ४६३० मतले अगाडि छन् भने माओवादीका नवराज पुडासैनी ३५३५ मतले दोस्रोमा छन् । जसपा ४७६ मत ल्याएर चौँथोमा छ । त्यस्तै चुमनुव्री गाउँपालिकामा मत गणना जारी छ । माओवादीका निमा लामाले अग्रता लिएका छन् । लामाले यो ८९७ मत पाएका छन् भने उनलाई कांग्रेसका धनबहादुर गुरुङले ७६२ मत ल्याएर पछ्याइरहेका छन् ।

हालसम्म मतगणना सकिएको पालिकाहरू, निर्वाचित पार्टी र उम्मेदवारको नाम

अजिरकोट गाउँपालिका
अध्यक्ष, दीपक देवकोटा, माओवादी
उपाध्यक्ष, अनिता भुजेल, माओवादी

आरुघाट गाउँपालिका
अध्यक्ष, राजु गुरुङ, कांग्रेस
उपाध्यक्ष, कल्पना नेपाली, कांग्रेस

गण्डकी गाउँपालिका
अध्यक्ष, दिपक तिमिल्सिना, माओवादी
उपाध्यक्ष, ललिता अधिकारी, कांग्रेस

गोरखा नगरपालिका
मेयर, कृष्णबहादुर राना, माओवादी
उपमेयर, मसलीमाया थोकर, पुन कांग्रेस

धार्चे गाउँपालिका
अध्यक्ष, लक्ष्मण गुरुङ, माओवादी
उपाध्यक्ष, सुनिता गुरुङ, माओवादी

पालुङटार नगरपालिका
मेयर, विवस चिन्तन, माओवादी
उपमेयर, वन्दना पाण्डे, माओवादी

बारपाक सुलिकोट गाउँपालिका
अध्यक्ष, विष्णुप्रसाद भट्ट, माओवादी
उपाध्यक्ष, सनमाया गुरुङ, माओवादी

भिमसेन थापा गाउँपालिका
अध्यक्ष, लोकप्रसाद बन्जारा, माओवादी
उपाध्यक्ष अमृतादेवी वस्ती, (भट्ट) कांग्रेस

सहिद लखन गाउँपालिका
अध्यक्ष, रमेशबाबु थापा मगर, माओवादी
उपाध्यक्ष, इन्दिरा तिवारी, माओवादी

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago