दोस्रो जितको दाउमा नेपाल

२०७८, ४ चैत्र शुक्रबार ११:०४

काठमाडौँ: पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग सामना गर्दैछ ।

सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल शृंखलामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो ।

यूएईसमेत लगातार दोस्रो जित निकाल्ने योजनामा छ । उसले पहिलो खेलमा पीएनजीलाई नै ७ विकेटले पराजित गरेको थियो ।

हालसम्म नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रियमा चार पटक आमने-सामने भएका छन् । जसमा नेपाल र यूएई दुबैले समान २ पटक जित हात पारेका छन् ।

लिगमा यूएई १५ खेलमा ८ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल भने ९ खेलमा १० अंक जोडेर छैटौं स्थानमा छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु