एन्फाको विशेष साधारण सभा स्थगित

२०७८, ६ फाल्गुन शुक्रबार १९:०६

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा स्थगित भएको छ।

फाइल फोटो

आइतबार बस्ने भनिएको विशेष साधरण सभा स्थगित भएको हो । एन्फाले ८ फागुनमा विशेष साधारण सभा तय गरेको थियो।एन्फामा महासचिव इन्द्रमान तुलाधरले फिफा र एसियाली फुटबल महासंघ (एएफसी)ले दिएको निर्वाचन निर्देशिकामा केही अन्यौलता भएकाले साधारण सभा स्थगित भएको बताए।

‘हामीलाई फिफा र एएफसीले निर्वाचन निर्देशिका थप स्पष्ट पार्न निर्देशन दिएको छ।उनीहरुसँगको जुम मिटिङपछि यसबारे काम सुरु हुन्छ,’ उनले भने। बुधबारसम्म निर्वाचन निर्देशिकाबारे फिफा र एएफसीको गाइडलाइन आएपछि विशेष साधरणसभाको नयाँ मिति निर्धारण गरिने उनले जानकारी दिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु