एक्ला-एक्लै चुनावी प्रतिस्पर्धामा उत्रँदै

काठमाडौँ: सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा (एमाले)को सानो दलहरुसँग तालमेल गरेर स्थानीय निर्वाचनमा उत्रिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एक्ला एक्लै चुनाव लड्ने भएका छन् । ती दलहरुले पाँच दलीय गठबन्धन र एमाले-राप्रपा नेपाल गठबन्धनसँग समेत मिल्ने सम्भावना कम भएपछि आफ्नै बलबुतामात्रै चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।

दुवै दलका नेताहरुले स्थानीय तहमा एजेन्डा मिले कतै-कतै तालमेल हुन सक्ने सम्भावना रहेको बताएका छन् । तर, केन्द्रीयस्तरमै गठबन्धन गरेर जाने सम्भावना नरहेको ती दलका नेताहरुको भनाइ छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता सामाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच देशभर तालमेल गर्ने निर्णय भएको छ । जबकि एमालेको चुनावी सारथी कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपाल र परिवार दलसहितका दलहरुलाई एमालेको आफ्नो चुनाव चिह्न सूर्य लिएर प्रतिस्पर्धा गराउनेमा सहमति भएको छ ।

आगामी स्थानीय तहको चुनावलाई ध्रुविकरण गर्न खोजे पनि राप्रपा र लोसपा भने केन्द्रीयस्तरमा गठबन्धन नगर्ने निष्कर्षमा पुगेका हुन् । ‘हाम्रो लागि गठबन्धन दोस्रो प्राथमिकता हो । केन्द्रले गर्दैन स्थानीय तहमा कुनै कुनै ठाउँमा सहमति हुनसक्छ । त्यो अधिकार स्थानीय तहलाई दिएका छौं,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने, ‘कांग्रेस, एमाले र माओवादीलाई भोट दिँदा पनि कुनै उपाय नलागेपछि ती दलहरु छाडेर कतिपय नेता, कार्यकर्ता र मतदाता राप्रपामा आउनु भएको छ । फेरि पुरानो पार्टीको चुनाव चिह्नमा मत हाल्न लगाउने हो भने त्यसको के अर्थ होला र ?’

राप्रपा र लोसपाका लागि केन्द्रीयस्तरमा गठबन्धनका लागि केही बाध्यता र फरक प्राथमिकताको कारण देशभरको गठबन्धनमा अनिच्छा देखिएको छ । पाँच दलीय गठबन्धनले बाहिरका दलहरुसँग गठबन्धन नगर्ने निर्णय गरेका छन् भने एमाले र राप्रपा नेपालबीचको एकतापछि राप्रपाका लागि त्यो ढोका बन्द भएको छ । चैत १८ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका महामन्त्री धवलशमशेर राणासँग नेपालगन्जमा भेटघाट गरेका थिए । भेटमा अध्यक्ष ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको केही अभिव्यक्तिलाई लिएर असन्तुष्टि जनाएका थिए । राणासँग नेपालगन्ज उपमहानगरपालिकामा तालमेलका लागि प्रस्ताव गरेका थिए । राणा नेपालगन्ज उपमहानगरपालिकाका मेयर हुन् । उनले दोहोर्‍याएर मेयर नहुने बताइसकेका छन् ।

ओली र राणाबीच होटल स्नेहामा भएको भेटले एमाले र राप्रपाबीच गठबन्धनको सुरुवातसँग जोडेर हेरेका थिए । ‘एमालेले नेकपा एकीकृत समाजवादीलाई मान्यता नदिएको जस्तै राप्रपाले राप्रपा नेपाललाई पार्टी नै मानेको छैन,’ राप्रपाका एक नेताले भने, ‘एमालेले राप्रपा नेपालसँग गठबन्धन गरेपछि त्यो ढोका बन्द जस्तो हो।’

गत मंसिरमा भएको महाधिवेशनमा लिङ्देन अध्यक्षमा निर्वाचित भए । अध्यक्षमा पराजित भएपछि राप्रपा छाडेका थापाले राप्रपा नेपालको अध्यक्ष बनेका छन् । राप्रपा नेपाल र एमालेबीच देशभर तालमेल गर्ने र राप्रपा नेपालका उम्मेदवार पनि एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिस्पर्धा गर्नेसहितको ५ बुँदे सहमति भएको थियो ।

राप्रपाका नेताहरुले औपचारिक र अनौपचारिक कुराकानीमा स्थानीय निर्वाचन प्रदेश तथा संघीय संसद्‌को निर्वाचनका लागि जोड दिएको बताउँछन् । ‘राप्रपामा नयाँ नेतृत्व भर्खरै आएको हो । अहिले देशभर कार्यक्रम गरिरहेका छौं । संघ र प्रदेशमा राम्रो परिणाम ल्याउने पक्षमा छौं,’ ती नेताले भने, ‘अहिले एक्लै प्रतिस्पर्धा गर्दा हाम्रो सामर्थ्य कति छ भन्ने पनि थाहा हुन्छ ।’

फागुनपछि अध्यक्ष लिङ्देन दैनिकजस्तो जिल्लामा रहेका छन् । आमसभा र अन्य कार्यक्रम गर्दै हिँडेका उनले अर्कोतर्फ गत भदौमा मात्रै उपेन्द्र यादवसँग छुटिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कुनै पनि खेमासँग केन्द्रीयस्तरमा गठबन्धन नगर्ने भएको छ । लामो समयमा एमालेसँग निकट देखिएको लोसपाका नेताहरुको पछिल्लो पटक झुकाव सत्तारुढ गठबन्धनमै थियो । लोसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोहरु चुनावसँगै अहिले जिल्ला जिल्लामा कमिटी बनाउने पनि दौडमा रहेका छन् ।

‘हामीका लागि उम्मेदवार छनोटको प्रक्रियामा छौं । पालिका हुँदै जिल्लाबाट उम्मेदवारहरु छनोट भएर आइसक्यो । प्रदेशमा त्यस विषयमा छलफल गर्दैछौं । मधेसमा रहेको १ सय ३६ स्थानीय तहमध्ये १ सय २० वटामा नामावली प्रदेशमा आइसक्यो,’ लोसपाका नेता जितेन्द्र सोनालले भने, ‘अहिले पनि गठबन्धनको कुरा मूर्तरुपमा भएको छैन । सरकारमा रहेका दलहरुले गठबन्धनको कुरा गर्दै हुनुहुन्छ । कुन-कुन पालिका कसले लिने भनेर सहमति भएको छैन । केन्द्रले भनेको जस्तो स्थानीयस्तरमा गठबन्धन सहज छैन । ’

सोनालका अनुसार गठबन्धन गर्ने वा नगर्ने जिम्मेवारी स्थानीय कमिटीलाई पार्टीले छाडेको छ । ‘यो स्थानीय चुनाव हो, स्थानीय आवश्यकताको आधारमा तालमेल गर्छौं । फरक-फरक दलसँग फरक-फरक ठाउँमा हुन्छ,’ सोनालले भने, ‘स्थानीय तहको चुनाव माथिबाट थोपरेर गठबन्धन हुन सक्दैन ।’

अघिल्लो चुनावमा लोसपामा रहेका अधिकांश नेता राष्ट्रिय जनता दल (राजपा) रहेका थिए । प्रदेश २ मा राजपाले २५ स्थानीय तहको प्रमुख जितेको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago