काठमाडौँ: पछिल्लो ११ महिनामा डलर कार्डबाट मात्र करिब २३ लाख अमेरिकी डलर बाहिरिएको छ । विदेशबाट आयातित विभिन्न वस्तु तथा सेवाबापत्को अनलाइन भुक्तानीका लागि गत चैतदेखि माघसम्ममा डलर कार्डबाट मात्र २२ लाख ८७ हजार अमेरिकी डलर मुलुकबाट बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिअमेरिकी डलर १ सय २० रुपैयाँ विनिमय दरका हिसाबले गणना गर्दा उक्त अवधिमा कार्डमार्फत २७ करोड ४४ लाख ४० हजार रुपैयाँ बाहिरिएको बताइएको छ ।
गत चैतमा नेपालबाटै कार्डमार्फत विदेशी मुद्रामा भुक्तानी गर्न पाउने नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेको थियो । उक्त व्यवस्था भएदेखि गत माघसम्म कुल २२ लाख ८७ हजार अमेरिकी डलर बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत माघसम्म कुल २१ हजार वटा यस्ता कार्ड जारी भएका छन् । ती कार्डमा करिब ४६ लाख १२ हजार अमेरिकी डलर भरिएको (लोड भएको) छ ।

लोड भएकोमध्ये करिब २३ लाख अमेरिकी डलर भुक्तानी भइसकेको छ । मासिक रूपमा औसत १ हजार ९ सय ९ वटा यस्ता कार्ड जारी भएको देखिन्छ । तिनमा मासिक औसत ४ लाख २० हजार अमेरिकी डलर लोड भएको र २ लाख ८ हजार डलर खर्च भएको देखिन्छ । यस अवधिमा सर्वसाधारणले विदेशबाट खरिद गरेका पुस्तक, दैनिक पत्रपत्रिका, खेलौना, सूचना प्रविधि सेवा आदिबापत्को भुक्तानी कार्डमार्फत गरेको राष्ट्र बैंकले बताइएको छ ।
कार्डमार्फत ५ सय अमेरिकी डलरसम्म विदेशी मुद्रामा भुक्तानी गर्न पाउने व्यवस्थापछि मुलुकमा विदेशी मुद्रा भित्रिने दाबी राष्ट्र बैंकले गरेको थियो । यद्यपि गत माघसम्म नगण्य परिमाणमा विदेशी मुद्रा भित्रिएको राष्ट्र बैंक स्रोतले स्विकारेको छ । ‘केही वर्षयता नेपालबाटै विदेशीमा सूचना प्रविधिसम्बन्धी काम गर्ने जमात बढ्दो छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यसकारण ती मानिसहरुमार्फत विदेशी मुद्रा भित्रिने अपेक्षा थियो । तर अपेक्षाअनुसार आएन ।’

विदेशी मुद्रा नआउने तर बाहिरिने मात्र भएपछि उक्त व्यवस्था पुनर्विचार गर्ने सम्बन्धमा पनि छलफल भएको राष्ट्र स्रोतले बताएको छ । ‘कार्डमार्फतको भुक्तानीलाई सूक्ष्म रूपमा हेरिरहेका छौं,’ स्रोतले भन्यो, ‘बढ्दो शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्र संकटोन्मुख रहेको अवस्थामा कार्डमार्फतको भुक्तानी गर्ने विद्यमान व्यवस्थामा पनि पुनर्विचारको चर्चा चलेको छ ।’

कोभिडका कारण गत मुलुकको अर्थतन्त्र ठप्प थियो । विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च थियो । त्यही समयमा राष्ट्र बैंकले कार्डमार्फत नेपालबाटै ५ सय अमेरिकी डलर बराबरको भुक्तानी कार्डमार्फत गर्न सक्ने व्यवस्था गरिएको हो ।

चालु आर्थिक वर्षको ७ महिनामा विदेशी मुद्रा सञ्चिति २ खर्ब २६ अर्ब रुपैयाँले घटेको छ । गत असारको तुलनामा माघसम्म विदेशी मुद्रा सञ्चिति नेपाली मुद्रामा करिब १६ र अमेरिकी डलरमा करिब १७ प्रतिशत घटेको छ । गत माघसम्म मुलुकको कुल विदेशी मुद्रा सञ्चिति ११ खर्ब ७३ अर्ब २ करोड रुपैयाँ छ । गत असारमा यस्तो सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो ।

‘अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.० प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड कायम भएको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । २०७८ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत छ ।

चालु आर्थिक वर्षको ७ महिनासम्मको आयातलाई आधार मान्दा मुलुकमा रहेको कुल विदेशी मुद्रा सञ्चितिले ७.४ महिनालाई पुग्ने वस्तु र ६.७ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पुग्ने दाबी राष्ट्र बैंकले गरेको छ । यो राष्ट्र बैंकको वार्षिक लक्ष्यभन्दा कम हो । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले कम्तीमा ७ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति राख्ने लक्ष्य तय गरेको थियो ।

डलर कार्डमार्फत विदेशी मुद्रामा बैंक खाता नभएका वा विदेशी मुद्रा आर्जनको स्रोत नभएका सर्वसाधारणले पनि वार्षिक ५ सय अमेरिकी डलर बराबरको भुक्तानी विदेशी मुद्रामा गर्न पाउँछन् । सर्वसाधारणले आफ्नो खाता रहेको वाणिज्य बैंक वा विकास बैंकमा गएर ‘प्रिपेड कार्ड’ बनाउनुपर्छ । सोही कार्डमार्फत विदेशबाट खरिद गरेको सामानको भुक्तानी अनलाइनबाट कार्डमार्फत विदेशी मुद्रामै गर्न सकिन्छ ।

यस्तो कारोबारका लागि वार्षिक अधिकतम ५ सय अमेरिकी डलरको सीमा तय गरिएको छ । सर्वसाधारणले एकै पटक वा पटकपटक गरी एक वर्षमा उल्लिखित सीमा बराबरको भुक्तानी मात्र विदेशी मुद्रामा गर्न पाउँछन् ।

यस्तो कारोबारमा तोकिएको सीमाभित्र रहेर नेपालको कानुनले वञ्चित नगरेका सबै प्रकारका वस्तु तथा सेवा खरिद गर्न सकिने प्रावधान छ । यी कार्डबाट एटीएम कार्डबाट जस्तो नगद निकाल्न भने पाइँदैन । विदेशबाट सामान खरिद गर्दा विद्युतीय माध्यमबाट भुक्तानीका लागि मात्र कार्ड प्रयोग गर्न पाइन्छ ।

Kamal Panthi

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago