सहमति नजुटेपछी ओलीसँग छलफल गर्न देउवा पुगे बालकोट

२०७८, ५ फाल्गुन बिहीबार २२:२३

काठमाडौं: आज बसेको सत्ता गठबन्धनको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन् ।

स्रोतका अनुसार संसदबाट एमसीसी पारित गराउने विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न नेपाली कांग्रेस सभापतिसमेत रहेका देउवा बालकोट पुगेका हुन् ।

बालुवाटारमा गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न सकेको थिएन । ठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न गएका हुन् ।

Comments

ताजा खबर