काठमाडौं: आज बसेको सत्ता गठबन्धनको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन् ।
स्रोतका अनुसार संसदबाट एमसीसी पारित गराउने विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न नेपाली कांग्रेस सभापतिसमेत रहेका देउवा बालकोट पुगेका हुन् ।
बालुवाटारमा गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न सकेको थिएन । ठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न गएका हुन् ।