बुटवलः रुपन्देही प्रहरीले ८६ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार ८६ लाख आठ हजार ६०० रुपैयाँ बराबरको अवैध जुत्ता चप्पल बरामद गरी आवश्यक कारबाहीका लागि पिकअप गाडी र दुईजना व्यक्तिलाई सम्बन्धित निकायमा पठाएको छ ।
प्रहरीले बिहीबार दिउँसो साढे १२ बजेको समयमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १ तिनाउपुलमा लु१ज ३१६७ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा भारतबाट अवैधरुपमा ल्याउँदै गरेको १२ लाख मूल्य बराबरको १८८ जोर जुत्ता र थान कपडा १२ सय ९६ मिटर बरामद गरेको हो ।
त्यसक्रममा पिकअप चालक कृष्ण थापा र गाडीमा सवार तुलसी थारुलाई प्रहरीले नियन्त्रणमा लिई सामान सहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाएको छ ।
साथै उक्त अवैध सामान भण्डारण गर्ने गरिएको अवैध गोदामलाई पहिचान गरी जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नम्बर ५ विकास पथ स्थित रहेको गोदाममा कार्यालयबाट खटिएको प्रहरी टोली र राजश्व अनुसन्धान कार्यालय बुटवलबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो ।
त्यसक्रममा गोदामभित्र अवैध रूपमा राखिएका ६ हजार १३४ जोर ३१ कार्टुन विभिन्न किसिमका जेन्स तथा लेडिल जुत्ताहरू, पाँच हजार २५० जोर विभिन्न किसिमका जेन्स तथा लेडिज चप्पलहरू र ३२५ जोर सेण्डिल गरी कुल जम्मा ७४ लाख आठ हजार ६०० रुपैयाँ बराबरको सामान बरामद गरी राजश्व अनुसन्धान कार्यालयमा पठाएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…