ठेकेदार कम्पनीको लापरबाहीले निर्माणाधीन ढल चुहिन थाल्यो

रुकुमकोट बजारको मुख्य ढल निकासको काम गरिरहेको ठेकेदार कम्पनीको लापरबाहीले निर्माणाधीन ढल चुहिन थालेको छ । सिस्ने गाउँपालिका–६ स्थित छिप्रीदहमा निर्माणाधीन ढल चुहिन थालेपछि स्थानीयले विरोध जनाएका छन् । पालिकाले पनि यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ मा छिप्रीदह–सेराखेत ढल निकासको कामको जिम्मा पाएको निर्माण व्यवसायी रञ्जित रञ्जन कन्ट्रक्सन प्रालि गुल्मीको लापरबाहीका कारण ढल निकास कच्ची भएको स्थानीयले बताएका छन् ।
ढल निकासको काममा गुणस्तरीयता नभएको गुनासोपछि उक्त योजनाको अनुगमन पनि गरिएको छ । पालिका उपाध्यक्ष गोपाल रेउले नेतृत्वको टोलीले गरेको अनुगमनमा काममा त्रुटि पाइएको छ । विशेष गरी ह्युम पाइप जडानमा त्रुटि भेटिएको रेउलेले बताए ।

ठेकेदार कम्पनीले चालु आर्थिक वर्षमा भ्याटबाहेक १ करोड ३७ लाख रुपैयाँमा ५ सय ५ मिटरमा ढल निकासको जिम्मा पाएको थियो । ०७८ माघमा सम्झौता गरी काम सुरु गरेको कम्पनीले सेराखेतमा ढल पाइपलाई राम्रोसँग नजोड्दा समस्या भएको हो । जसका कारण बजारभरिको फोहोर किसानका खेतबारीमा बग्ने गरेको छ ।

अनुगमनपछि त्रुटि भएको ठाउँमा पुनः काम गर्न निर्माण कम्पनीलाई सम्पर्कमा आउन निर्देशन भएको छ । निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कविहीन भएकाले सम्पर्कमा ल्याएर काम गर्न निर्देशन दिइएको गाउँपालिका उपाध्यक्ष रेउलेले बताए ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago