कोरोनाको चौथो लहरको जोखिम, उच्च सतर्कता अपनाउन निर्देशन

नयाँदिल्ली: कोरोनाको तेस्रो लहर सकिएको केही महिनामै भारतको राजधानी नयाँदिल्लीसहित केही सहरलाई चौथो लहरले तर्साउन थालेको छ । दिल्ली, महाराष्ट्र, हरियाणा, केरल, मिजोरम र अरुणाचल प्रदेशमा कोरोनाका नयाँ भेरियन्टबाट संक्रमितहरू देखिन थालेपछि चौथो लहरको आशंका गर्न थालिएको हो ।
दिल्लीमा कोरानाका लागि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको एक महिना पनि नबित्दै नयाँ संक्रमितहरू भेटिएका छन् । राजधानी दिल्लीमा कोरोना संक्रमणको स्थिति दुई महिनापूर्वको अवस्थामा फर्केको छ । लगातार दुई दिनयता संक्रमण दर दुई प्रतिशतमाथि छ । एक सातायात क्रमशः होम आइसोलेनमा बस्नेहरुको संख्यामा ४८ प्रतिशतले वृद्धि भएको छ । संक्रमणदरमा दैनिक रूपमै बढोत्तरी देखिनु चिन्ताको विषय मानिएको छ । यसअघि गत पुसमा २ प्रतिशतभन्दा माथि संक्रमणदर पुगेपछि दिल्ली सरकारले विभिन्न सतर्कताहरु अपनाउन थालेको थियो ।
यतिबेला दिल्लीमा मास्क लगाउन आग्रह गरिए पनि त्यसलाई अनिवार्य नियममा राखिएको छैन । मेट्रो, बस र बजार सबैलाई पूर्ण रुपमा खुलाइएको छ । अनलाइन कक्षा पूर्ण रूपले हटाएर विद्यालय र कलेज खोलिसकिएको छ । अन्तर्राष्ट्रिय उडानहरु खुलाइसकिएको छ । तेस्रो लहरको मारबाट तंग्रिन खोजेका बेला चौथो लहरको खतरा बढेर गएको छ । विद्यालायमा विद्यार्थी र शिक्षकलाई समेत संक्रमण देखिन थालेको छ । संक्रमण देखिएपछि कतिपय विद्यालय अस्थायी रूपमा बन्दसमेत गराइएको छ ।

केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मंडावियाले कोरोनालाई लिएर लापर्बाही नगर्न सर्वसाधारणलाई आह्वान गरेका छन् । उनले विशेषज्ञहरूसँगको बैठकपछि सबै राज्य सरकारलाई उच्च सतर्ककता अपनाउन भनेका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिल्ली, हरियाणा, केरल, महाराष्ट्र र मिजोरम सरकारलाई चिठी लेखेर कोरोनालाई लिएर विशेष तयारी र सतर्कता अपनाउन भनेको छ ।

आवश्यकताअनुसार कोरोनाका लागि नयाँ गाइडलाइन जारी गर्न पनि केन्द्रले राज्य सरकारहरूलाई भनेको छ । भारतमा अहिलेसम्म कोरोनाको विभिन्न लहरबाट ४ करोड ३० लाखभन्दा बढी व्यक्तिहरू संक्रमित भइसकेका छन् । ५ लाख २१ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

कोरोनाको नयाँ संक्रमणलाई ‘स्टेल्थ ओमिक्रोन’ भनिएको छ । यसका लागि ओमिक्रोनको सब भेरियन्ट बीए.२ र एक्स ई भेरिएन्टलाई जिम्मेवार मानिएको छ । साउथ कोरिया, जर्मनी, चीनमा यो भेरियन्टले धेरैलाई संक्रमित बनाएको छ ।

Comments
Kamal Panthi

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago