काठमाडौँ: सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको छ । बैठक दिउँसो १ बजे बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक बिहान साढे ११ बजे बस्दैछ ।
संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन, सत्तासीन कांग्रेसका नेताहरूले कार्यव्यवस्था परामर्श समितिको बैठकपछि कार्यसूचीमा एमसीसी थपिने प्रतिक्रिया मंगलबार नै दिएका थिए ।
कांग्रेसको मंगलबार सम्मपन्न केन्द्रीय कार्यसम्पादन बैठकले एमसीसीलाई संसदमा टेबल गर्नुपर्ने निस्कर्ष निकालेको थियाे । प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले पनि सभामुखले एमसीसी राेक्न नमिल्ने बताइसकेका छन् । यद्यपि, मतदानमा एमालेको भूमिका के हुन्छ स्पष्ट छैन ।
सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनबाहिर एमसीसीको विरोध गरिरहे पनि दबाबमा छन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…