दुर्गापुरस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट एक दम्पतीको मृत्यु

२०७९, २९ कार्तिक मंगलवार २०:५७

झापा । आज साँझ कन्काई ७ दुर्गापुरस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा अर्जुनधारा नगरपालिका ६ बस्ने ५२ वर्षिय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षिया सीतादेवी मैनाली रहेका छन् ।

साँझ ४ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको मे ४ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नरेन्द्र र पछाडि सवार उनकी श्रीमती सीता घाइते भएका थिए ।

घाइतेहरुको उपचारका क्रममा ४.२५ बजे बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अशोक जवेगुले बताए । दुर्घटनापछि बस र बस चालक मोरङ सुन्दरहरैचा वडा नं. ६ बस्ने ४० वर्षिय भुपाल देवानलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

 

Comments

ताजा खबर