महोत्तरी: स्थानीय तहको निर्वाचन नजिकिदैसँगै चुनाव प्रचारप्रसारमा लाग्नु पर्ने महोत्तरीका राजनीतिक दलहरू आन्तरिक कलहमै रुमल्लिएका छन् । जसले स्थानीय तह निर्वाचननै ओझेलमा परिरहेको छ ।

एमालेको समानन्तर कमिटी
नेकपा एमाले महोत्तरीभित्रको विवाद अन्य दलको तुलनामा अलि बढी नै सतहमा देखिएको छ । कतिपय पालिकाहरूमा त समानान्तर कमिटी नै गठन भएका छन् । औरही, रामगोपालपुर तथा क्षेत्र नम्बर ४ र क्षेत्र नम्बर २ का धेरै ठाउँमा समान्तर कमिटी गठन भएका छन् ।

केन्द्रीय सदस्यहरूबीचको विवादले एकअर्काेले बनाएको संगठन स्वीकार नै गर्न नसक्ने अवस्था सिर्जना भएको छ । केन्द्रीय सदस्य सरोज यादव र अर्का केन्द्रीय सदस्यद्वय बुधिनी देवी र राम दयालबीचको विवाद उत्कर्षमा पुगेपछि समान्तर कमिटी गठन भएको स्थानीय नेताहरू वताउँछन् । पार्टीभित्रको विवादकै कारण चुनाव लक्षित कार्यक्रम गर्न नसकिएको उनीहरु बताउँछन् ।

कांग्रेसभित्र महाधिवेशनको धङधङ अझै बाँकी
नेपाली कांग्रेस महोत्तरीमा पनि चर्को विवाद छ । जिल्ला अधिवेशनमा पौडेल प्यानललाई देउवा प्यानलले हराएको र पौडेल प्यानलका व्यक्तिहरू समेत लागिपरेको आरोप संस्थापन इतरका नेताहरूको आरोप छ ।

नवनिर्वाचित जिल्ला सभापति नागेश्वर यादव भने सबै कलहलाई भुलेर चुनाव लक्षित कार्यक्रममा लाग्नु पर्ने बताउँछन् । यसैबीच सभापति यादवले सोमबार बैठक पनि राखेका थिए । तर बैठकले चुनाव लक्षित कार्यक्रमबारे ठोस निष्कर्ष निकालेको छैन ।

माओवादी केन्द्रलाई छोडेन एमसीसी विवादले
नेकपा माओवादी केन्द्र भने एमसीसीको बिषयलाई लिएर छिन्नभिन्न भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी ‘राष्ट्रघात’ भएको थाहा पाउँदापाउँदै पार्टी कै नेतृत्वले पास भएको भन्दै कतिपय नेताहरूले पार्टीनै परित्याग गरेका छन् ।

महोत्तरी जिल्ला संयोजक तुलसीप्रसाद ढुंगानासहित प्रदेश कमिटी र नगरका आधा दर्जन नेताहरूले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
गिरीराजमणि पोखरेल निकट मानिने नेताहरूनै पार्टी छोडेर हिड्दा आगामी चुनावलाई असर गर्ने धेरैको अनुमान छ ।

मधेशवादी दल फुटले निरिह
मधेशवादी दलहरू पनि कहिले फुट्ने र कहिले जुट्ने हुँदा निक्कै कमजोर बनेका छन् । अघिल्लो निर्वाचनमा मधेशवादी तत्कालिन दल राजपाले बहुमत ल्याएको महोत्तरीमा अहिले उक्त पार्टीको फुटले अन्य दलको जस्तै हालत छ ।

राजपाबाट नै विजयी भएका कतिपय पालिकाका जनप्रतिनिधिहरूले अहिले पार्टी नै छाडिसकेका छन् । लोसपा र जसपा रोज्ने होडबाजीले जनप्रतिनिधिहरूको नै मत बाझिँदा सर्वसाधारण समेत अन्योलमा छन् ।

महोत्तरीका १५ पालिकाअन्तर्गत आठ पालिकामा तत्कालिन राजपाले, तीन पालिकामा कांग्रेस, तीन पालिकामा माओवादी केन्द्र र एक पालिकामा संघीय समाजवादी फोरम नेपालले जित हासिल गरेको थियो ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago