भरुवा बन्दुकको धरापमा परेर एक जना युवकको ज्यान गयो

बारा: बारामा जंगली जनावर मार्न थापेको भरुवा बन्दुकको धरापमा परेर एक जना युवकको ज्यान गएको छ । जितपुर सिमरा उपमहानगरपालिका १६ डकाहा टोलका इन्द्रबहादुर सिंजाली मगरको २८ वर्षीय छोरा सागर सिंजाली मगरको शिकारीले जंगली जनावर मार्न थापकेको बन्दुकको धरापमा परी विहीवार विहान ३ बजे मृत्यू भएको हो ।

बुधवार राती मगर आफना साथीहरुस“गै गाउ“ नजिकै रहेको दुधौरा खोलामा माछा मार्न गएका थिए । खोलामा माछा माछा मारि फर्किने क्रममा बन्दुकको धरापमा परेका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनुभयो ।

घाईते मगरलाई स्थानीयको सहयोगमा उपचारको लागी बीरगंज स्थित वयोधा अस्पतालमा भर्ना गरिएको थियो उहाले भन्नुभयो, ‘उपचारको क्रममा मगरको बिहिवार विहान मृत्यू भएको हो । खोलामा पानी खान आउने आउने जनावरहरुको शिकार गर्न राखिएको बन्दुकबाट पछुटेको गोली लागी मगर गम्भिर घाईते भएका थिए ।’

मगर माछा मार्न गएका हुन् कि शिकार खेल्न खुल्न नसकेको प्रनाउ थापाले जानकारी दिनुभयो । ‘घटनाको कारण अहिले सम्म पता लाग्न सकेको छैन,’ उहा“ले भन्नुभयो, ‘ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।’ घटनास्थमा पुगेको प्रहरी अधिकृत सहितको टोलीले घटनाबारे थप अनुसन्धान सुरु गरेको उहाले जानकारी दिनुभयो ।’

मृतकको शव वयोधा अस्पतालमै राखिएको र शव परिक्षण पश्चात अन्तिम संस्कारको लागी आफन्तको जिम्मा लगाईने प्रहरीले बारा प्रहरीले जनाएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ नम्बर वडामा वन क्षेत्र अतिक्रमण गरी बसेको पिलुवा, टांगियावस्ती, डकाहा लगायतका बस्ती रहेका छन् ।

वन क्षेत्र नजिकै रहेका बस्तीका केही मानिसहरु घरेलु हातहतियार तथा भरुवा बन्दुकबाट वन्यजन्तुको चोरी शिकारी गर्दै आएको वनकर्मीको भनाई छ । उनीहरु यसरी नै रातको समयमा वन्यजन्तुको चोरी शिकारी तथा काठको चोरी तस्करी गर्ने गरेको वन अधिकारीहरुको बताउनुहुन्छ । वन छेउका बस्तीका मानिसहरुले वन ऐन नियम विपरित क्रियाकलाप रातको समयमा गर्ने गरेको र राजनीतिक संरक्षणका कारण उनीहरुलाई नियन्त्रण गर्न समेत कठिनाई हुने गरेको अधिकारीहरुले बताउनु भएको छ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago