जन्ती बाेकेकाे टिपर दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

सिन्धुली । सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सांकेतिक फाइल फोटो
मृत्यु हुनेहरूमा उदयपुर कटारी नगरपालिकाका २४ वर्षीय अजय दनवार र १९ वर्षीय दिपेन्द्र कुँवर रहेका छन् । हिजाे राति दुधौली नगरपालिका-५ स्थित ठाकुरखोलाको तीन नम्बर पुलमा बाडेगाउँबाट बेहुली लिई उदयपुरको कटारी जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर दुर्घटना भएको थियाे ।

टिपरमा चालकसहित २८ जना सवार थिए । बेहुला-बेहुली भने अर्कै गाडीमा रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा परी गम्भीर भएका ६ जनामध्ये दुईकाे उपचारकै क्रममा मृत्यु भएकाे हाे । प्रहरीका अनुसार बाँकी चार जनाकाे अवस्था अझै गम्भीर रहेकाे छ। १० जना घाइतेकाे सामान्य उपचारपछि डिस्चार्ज भएकाे छ भने अन्यकाे विभिन्न स्थानका अस्पतालमा उपचार भइरहेकाे छ । प्रहरीले घटनाकाे बारेमा थप अनुसन्धान गरिरहेकाे छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago