मतपेटिका गणनास्थलमा ल्याइँदै , काठमाडौं जिल्लामा ६९.७८ प्रतिशत मतदान

२०७९, ३० बैशाख शुक्रबार २२:५१

काठमाडौँ: काठमाडौं जिल्लामा ६९.७८ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंका काठमाडौं महानगरपालिकामा भने ६४ प्रतिशतमात्रै मत खसेको छ । काठमाडौं महानगरमा ३ लाख २ सय ४२ मतदाता रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै बडाका मतपेटिका मतगणनास्थल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा पुर्‍याएका छन् ।
सर्वदलीय बैठकमा सहमति भए आयोग मतगणनाका लागि तयारी अवस्थामा रहेको पनि कार्यालयले जनाएको छ । ‘सर्वदलीय बैठकमा सहमति भए आजै रातिबाट मतगणना सुरु गर्ने गरी तयारी छ,’ काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए । काठमाडौं जिल्लामा एक महानगरपालिका र १० नगरपालिका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु