उपमेयर उम्मेदवार डंगोलले मतदान गरिन्

२०७९, ३० बैशाख शुक्रबार ०९:१७

काठमाडौँ — काठमाडौं महानगरपालिकाकी उपमेयर उम्मेदवार सुनिता डंगोलले मतदान गरेकी छन् । काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)बाट उपमेयरमा उम्मेदवारी दिएको डंगोलले वडा नम्बर २१ लगनमा स्थापना गरिएको केन्द्रबाट मतदान गरेकी हुन् ।
काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी डंगोलको प्रमुख प्रत्याशीका रूपमा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उम्मेदवार छन् ।

Comments

ताजा खबर