इन्टर र नापोलीको बराबर

२०७८, १ फाल्गुन आईतवार १०:२८

काठमाडौँ: इटालियन सिरी ए लिग लिडर इन्टर मिलान र दोस्रो स्थानका नापोलीले शनिबार बराबरी खेल्दै अंक बाडेका छन् । नापोलीको घरेलु मैदानमा खेल १-१ अन्तरको बराबरीमा समाप्त भएसंगै दुबै टोलीले अंक बाढेका हुन् ।

सातौं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाए । ४७ औँ मिनेटमा इडेन जेकोले गोल गर्दै इन्टरलाई हारबाट टारे ।

यस बराबरीसँगै इन्टर २४ खेलमा ५४ अंक सहित शीर्ष स्थानमा छ । नापोली २५ खेलमा ५३ अंक जोडेर दोस्रो स्थानमा छ ।

अर्को खेलमा भेनेजीयाले टोरिनोलाई २-१ अन्तरले पराजित गर्यो ।

Comments

ताजा खबर