द्वन्द्व सुरु भएको दिन, घाइते र बेपत्ताको अवस्था दर्दनाक !

काठमाडौँ: आज फागुन १ गते अर्थात ‘सशस्त्र द्वन्द्व’ सुरु भएको दिन । तत्कालिन विद्रोही नेकपा माओवादीले २०५२ साल फागनु १ गतेदेखि थालेको सशस्त्र द्वन्द्वलाई ‘जनयुद्ध’ दिवस भन्‍ने गरेपनि यसलाई जनयुद्ध मानिएको छैन् । सबै पक्षबाट सशस्त्र द्वन्द्वकै रूपमा यो परिचित छ । तत्कालिन विद्रोही समूह नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्व २०६२ मंसिर ५ गते बृहद शान्त्रि सम्झौतासँगै सकिएको थियो ।

तत्कालिन सरकार र विद्रोही माओवादीबीच वृहद शान्ति सम्झौता भएको थियो । सशस्त्र द्वन्द्वका क्रममा सत्र हजार बढीको ज्यान गएको थियो । हजारौँ घाइते भएका थिए । त्यसमध्ये तीन हजारभन्दा धेरै अझै बेपत्ता छन् ।

द्वन्द्वका क्रममा घाइते भएकाहरूले उपचार र राहत पाउन नसकेको भन्दै अहिले पनि गुनासो गर्ने गरेका छन् । तत्कालिन सशस्त्र द्वन्द्वको नेतृत्व गरेको नेकपा माओवादीका नेताहरू सत्तामा पुगेपछि घाइते र बेपत्ताका परिवारलाई बेवास्ता गर्ने गरेको गुनासो पनि धेरैको छ ।

सशस्त्र द्वन्द्वकै बलमा नेपालमा २४० वर्षे राजतन्त्र समाप्त भएर लोकतन्त्र, गणतन्त्र र संघीयता आएको दाबी तत्कालिन माओवादीका नेताहरूले गर्ने गरेका छन् । तर संवैधानिक राजतन्त्र नमान्‍ने कांग्रेसको निर्णय र कांग्रेसको निर्णयमा सहमति जनाउने तत्कालिन नेकपा एमालेको निर्णयका कारण राजसंस्था सदाका लागि समाप्त भएको थियो । जनताको दुःख जहाँको त्यही रहेको र नेताहरू भने सत्ताको फोहोरी खेलमा लागेको घाइते र बेपत्ता भएका परिवारको आरोप छ ।

सशस्त्र द्वद्वको थालनी भएको दिनको सम्झनामा आइतबार काठमाडौँलगायत देशैभर विभिन्‍न कार्यक्रमको आयोजना गरिएका छन् । नेकपा दाहाल(नेपाल समूहले शनिबार पार्टी कार्यालय पेरिसडाँडामा कार्यक्रम गर्दैछ । यस्तै बेपत्ताका परिवारले बुद्धनगरमा कार्यक्रमको आयोजना गरेका छन् ।

सशस्त्र द्वन्द्वमा बेपत्ता भएकाहरूको समस्या समाधान गर्न सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गरेको छ । राजनीतिक दलका नेताहरूको सहमति र स्वार्थ नमिल्दा आयोगले प्रभावकारी काम गर्न सकेको छैन । आयोगका एक पटकका पदाधिकारीले आफ्नो कार्यकाल गुजार्दासम्म पनि समस्याको समाधान निस्किएन ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago