बगनासकाली गाउँपालिकाको प्रथम चौमासिक समिक्षा

२०७९, १३ पुष बुधबार ०९:०२

पाल्पा । चालु वर्षमा गरेका योजनाहरु, प्रभाव र बजेट विषयमा सरोकारवालाहरुसँग समिक्षा गरिएको छ ।बगनासकाली गाउँपालिकाको आर्थिक वर्ष ७९/८० को प्रथम चौमासिकको समिक्षा गरिएको हो । कार्यक्रममा नवनिर्वाचित सांसदहरुको सम्मान समेत गरिएको छ ।
गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले गाउँपालिकाका आगामी कार्यक्रमहरुलाई थप कसरी राम्रो बनाएर लैजान्छ भन्ने विषयमा सुझाव सल्लाह लिनको लागि यसप्रकारको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले आफुहरु निर्वाचित भएपछि जनताहरुकै सुझाव सल्लाह अनुसार विकास योजना तथा पालिकाका गतिबिधिहरुलाई अगाडि बढाएको बताउनुभयो । ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बगनासकाली गाउँपालिकालाई समृद्ध पालिकाको रुपमा विकास गर्ने गरि पालिकाले कार्यक्रम बनाएको बताउनुभयो । उहाँले लोककल्याणकारी कार्यक्रमहरुलाई गाउँपालिकाले बढी प्राथमिकता दिई काम गर्दै आएको बताउनुभयो ।

सो अवसरमा हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुर गैरे, प्रदेशसभा सदस्य बीर बहादुर राना र अर्का प्रदेशसभा सदस्य इन्द्रा गहतराजलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले बगनासकाली गाउँपालिकाको विकासका लागि संघीय तहबाट हुन सक्ने बजेट र आवश्यकताको विषयमा छलफल गरि प्रस्तावपत्र बनाउन आग्रह गर्नुभयो । उहाँले आफू यो ५ वर्ष जनताको असल सेवकको रुपमा रहने र जनताका आवश्यकताहरुको सम्बोधनमा हरपल लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका उर्जा जनश्रोत तथा सिंचाई मन्त्री एवम् प्रदेशसभा सदस्य बीर बहादुर रानाले सबै जना एक भएर लाग्ने हो भने बगानसकालीको विकास सम्भव रहेको बताउनुभयो । उहाँले पालिकाको विकास गर्ने कुरामा कसैले पनि राजनीति नगरी स्वच्छ मनले लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सांसदहरु, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकारहरु लगायत पालिका अन्तरगतका विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Comments

ताजा खबर