अमेरिकाविरुद्ध पहिलो हाफमा नेदरल्यान्ड्सलाई २ गोलको अग्रता

२०७९, १७ मंसिर शनिबार २१:४९

काठमाडाैँ – विश्वकप फुटबल अन्तर्गत जारी प्रि(क्वाटरफाइनलको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिका विरुद्ध पहिलो हाफमानै २ गोलको अग्रता लिएको छ।

डच टिमले दुबै गोल काउन्टर याट्याकमा सम्भव बनायो। १० औ मिनेटमानै अग्रता बनाउने क्रममा बार्सिलोना स्टार मेम्फिस डिपेले गोल गर्दै डच टिमलाई अग्रता दिलाएका थिए। उनले डेञ्जेल डुमफ्रिसको सानदार क्रसलाई सदुपयोग गरे। त्यसअघि अमेरिकाले गरेका केहि राम्रा प्रहार डच गोलरक्षकले क्लियर गरेका थिए।

नेदरल्यान्ड्सका लागि दोस्रो गोल भने पहिलो हाफको इन्जुरी समयमा ड्याली ब्लिन्डले सम्भव बनाए। उनले डुमफ्रिसकै क्रसलाई सदुपयोग गरेका थिए। ब्लिन्डले पहिलो गोल जस्तै आकर्षक फिनिस गरे।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु