अब काठमाडौँ महानगरपालिकालाई ‘खल्ती’बाटै कर तिर्न सकिने

२०७९, १६ मंसिर शुक्रबार २०:४०

काठमाडौँ – खल्तीले काठमाडौँ महानगरपालिकासँग आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनको लागि साझेदारी गरेको छ।

‘खल्ती’ले करदाताहरूका लागि काठमाडौँ महानगरपालिकासँग साझेदारी गरी आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनको लागि सजिलै कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको हो।

यो सुविधा उपलब्ध भएलगत्तै करदाताहरूले काठमाडौँ महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तै : घर बाहाल कर, सम्पति कर, व्यवसायको कर अब खल्तीमार्फत सहजै भुक्तानी गर्न सक्नेछन्।

यसअघि यो सेवा करदाता पोर्टलमा लग इन गरी मात्र भुक्तानी उपलब्ध थियो भने अब खल्तीले यसलाई एपमा नै सक्षम पारेर भुक्तानीलाई अझ सहज र झन्झटमुक्त बनाएको दाबी गरेको छ।

यस सेवाका बारेमा थप बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,’हाम्रो लक्ष्य भनेको जनताको दैनिक भुक्तानीलाई सहज बनाउनु हो। यस प्रक्रियामा हामीले विभिन्न स्थानीय सरकार र अधिकारीहरूसँग साझेदारी सुरु गरेका छौँ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु