अर्थतन्त्र बलियो रहेको दावि , कसरि देखे अर्थमन्त्रीले ?

काठमाडौं: अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित बनेको बताउनुभएको छ । कास्कीको लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित लेखनाथ महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री शर्माले २४ फागुनसम्म १९.१५ प्रतिशतमात्रै पुँजीगत खर्च भएको भन्दै सबै विकासे मन्त्रालयलाई खर्च बढाउन दबाब दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पुँजीगत खर्च लक्ष्यअनुसार हुन नसकेकोमा प्रधानमन्त्रीज्यू र म पनि चिन्तामा छौँ, प्रधानमन्त्रीज्यूले पनि विकासे मन्त्रालयसँग छलफल थाल्नुभएको छ । मैले त छलफल गरेर बजेटको लक्ष्य र कार्यक्रमअनुसार खर्च बढाउन दबाब दिएको छु । फेरि पनि विभिन्न माध्यमबाट ताकेता गरिरहनेछु ।’

उहाँले विकास खर्च लक्ष्यअनुसार हुन नसक्दा तरलतामा असर देखिएको बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, ‘अहिलेको तरलता समाधान गर्न ३० अर्ब रुपैयाँ बजारमा आउनुपर्ने देखिन्छ । केही दिनअघि ११ अर्ब रुपैयाँ त आएको छ तर यो समस्या समाधान गर्न पर्याप्त छैन ।’ पुँजीगत खर्च गर्ने परम्परागत शैलीका कारण लक्ष्यअनुसार उपलब्धि हासिल नभएको उहाँको भनाइ थियो । गत वर्ष पनि पुँजीगत खर्चमा उल्लेख्य प्रगति थिएन । उहाँले भन्नुभयो, ‘गत वर्षको माघसम्म १७.८६ प्रतिशत पुँजीगत खर्च भएको थियो । यस वर्ष २५ भदौमा प्रतिस्थापन विधेयक ल्याई बजेट कार्यान्वयन नै ढिलाहुँदा पनि गत वर्षको तुलनामा एक प्रतिशतमात्रै कम अर्थात् १६.०८ प्रतिशत पुँजीगत खर्च भएको छ ।’

अर्थमन्त्री शर्माले बाहिर हल्ला गरेजस्तो अर्थतन्त्र निराशजनक अवस्थामा नरहेको दाबी पनि गर्नुभयो । विभिन्न क्षेत्रको तथ्यांक प्रस्तुत गर्दै उहाँले अर्थतन्त्र सरकारको नियन्त्रणमै रहेको र चाँडै समस्या समाधान हुने जिकिर गर्नुभयो । मन्त्री शर्माले भन्नुभयो, ‘गत आर्थिक वर्ष ०७७/०७८ को पहिलो छ महिनामा मूल्यवृद्धिदर ३.५६ प्रतिशत थियो । चालु आवको सुरुदेखि नै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, खाने तेल, प्लास्टिक, स्टिल तथा स्टिलजन्य वस्तुलगायतको निरन्तर मूल्यवृद्धि हुँदा नेपालमा असर देखिएको छ । यद्यपि चालु आवको मध्यावधि समीक्षा गर्दा मूल्यवृद्धिदर ५.०३ प्रतिशतमा रही वाञ्छित सीमाभित्रै रहेको छ ।’ गत वर्षको तुलनामा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम मूल्य शतप्रतिशत बढेको, खाने तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै ७० प्रतिशतसम्म बढेको जानकारी उद्योगीले नै दिएको, प्लास्टिक, स्टिल र स्टिलजन्य वस्तुको अन्तर्राष्ट्रिय मूल्य पनि ५० देखि ६० प्रतिशत बढेको भन्दै उहाँले अन्तर्राष्ट्रिय भाउ बढ्दा नेपालले भुक्तानी गर्ने रकम बढ्न गई शोधनान्तरमा चाप परेको बताउनुभयो ।

घट्दो रेमिट्यान्सको समस्या समाधान गर्न हुण्डी कारोबारलाई नियमन गर्न थालेको तथा क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फन्डलगायतका गैरकानुनी आर्थिक क्रियाकलाप रोक्न प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी प्रहरी, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागलगायतको समन्वयमा क्रियाशील भइरहेको उहाँले जानकारी गराउनुभयो ।

साथै अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई साझेदार नभई अंशियार बनाई आर्थिक विकासका क्षेत्रमा काम गर्ने बताउनुभयो । उहाँले पोखरामा कम्तीमा पाँच दिनसम्म पर्यटक बस्नैपर्ने गरी पूर्वाधार विकास गर्न पनि उहाँले आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago