काठमाडौं: केही वर्षदेखि नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस तीव्र रुपमा भइरहेको छ । एमसीसी पास गर्न हुन्छ वा हुँदैन भन्ने विषयमा राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्म बहसमा उत्रिरहेका छन् ।

यस विषयमा कलाकारहरुले भने आफ्नो धारणा खासै सार्वजनिक गरेको पाइँदैन । यसैबीच, कलाकार दीपकराज गिरीले आफ्नो भनाइ सार्वजनिक गरेका छन् । उनले एमसीसीको विषय सडकबाट नभएर संसदबाट गर्नुपर्ने धारणा राखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा दीपक लेख्छन्, ‘चीन पनि ठीक, अमेरिका पनि ठीक, भारत पनि ठीक, सबै छिमेकी बराबर भन्ने जस्तो लिङ्ग नखुलेको परराष्ट्र नीतिको दिन गयो अब । आफ्नो देशलाई दीर्घकालीन फाइदा जता हुन्छ, त्यहाँ स्पष्ट भएर उभिनुपर्‍यो । इतिहास हेर, हिसाब गर, स्पष्ट भइसक्यो । चीन र अमेरिका दुवैले यसलाई प्रतिष्ठाको विषय बनाएको स्पष्ट भइसक्यो । अब सिद्धान्तले के भन्छ भनेर हेर्ने होइन, सडकका कुरा सुन्ने पनि होइन । डाटा हेरेर विगतले के भन्छ ? मुलुकको भविष्य हेरेर निर्णय गर्ने हो ।’

दीपकले हामी भोकै बस्छौं, कसैको सहयोग चाहिन्नँ भन्नुको अर्थ बेअर्थको भएको पनि उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘एमसीसीको विषयमा लिङ्ग खुल्ने स्पष्ट नीति अहंकार गरेर यथाशीघ्र निर्णय गर्नुमा नै राष्ट्रको भलाइ हुनेछ । मेरो निर्णय मैले भोट हालेको सांसदले गर्नेछन् ।’

दीपकले एमसीसीको निर्णय सदनबाट नै गर्नुपर्ने बताएका छन् । ‘सडकले निर्णय गर्ने भए अरबौं खर्च गरेर देशको ढुकुटी सकेर सांसदहरु छनोट गर्नुको के मतलब ?’ उनले लेखेका छन् । दीपकले देश डुब्दा जनताका प्रतिनिधि उत्रिने पक्कै छैनन् भन्दै यसको निर्णय गर्ने अधिकार संसदलाई नै रहेको जिकिर गरेका छन् ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago