केटाकेटीलाई पढ्ने बानी लगाउन बाउआमाले यति कुरा गर्नै पर्छ, आफै चकित परिन्छ!

काठमाडौं: अहिले बच्चाहरु ट्याबलेट, मोवाइल, टिभी, ल्यापटपमा झुम्मिन थालेका छन् । यहि कारण पाठ्यपुस्तकप्रति उनीहरुको रुची घट्दो छ । पठन संस्कृति हराउँदै गएको छ । कति आमाबुवा दुखेसो गर्छन्, ‘छोराछोरीले पढ्नै मानेनन् ।’ मनोरञ्जनको विकल्प बढ्दै जाँदा बालबालिका कितावमा घोत्लिन छाडेका छन् । पुस्तक पढ्नुभन्दा स्मार्ट फोनमा गेम खेल्नु, भिडियो हेर्नुमै रमाउन थालेका छन् ।
डिजिटल भर्सेस प्रिन्ट : सन् २०१३ देखि २०१५ सम्म गरिएको एक सर्भेक्षणमा भारत, जापान, अमेरिका, जर्मनी र स्लोभेनियाका ४ सय २९ विश्वविद्यालयका छात्रहरुलाई डिजिटल र पि्रन्टेड पुस्तकको तुलना गर्न लगाइएको थियो । यसमा अधिकांसले भनेका थिए कि पि्रन्टेड पुस्तकको बास्ना उनीहरुलाई मन पर्छ । कागजलाई छुँदा, हेर्दा, समात्दा उनीहरुलाई बेग्लै आभास हुन्छ र पढेको कुरा पनि दिमागमा घुस्छ । त्यसैले बच्चाहरुलाई डिजिटल मात्र नभएर पि्रन्टेड पुस्तक पनि उपलब्ध गराउनु आवश्यक छ ।

सामाजिक सञ्जालको असर : सामाजिक सञ्जालमा ज्ञान त धेरै हुन्छन्, तर ती कति सही हुन्छन् वा गलत भन्ने ऐकिन हुँदैन । जसको मनमा जे आउँछ, त्यसलाई अडियो, भिडियो वा टेक्स्टका रुपमा पोष्ट गरिदिन्छ । यस्ता कुराहरुले बालबालिकाको दिमागमा अधकल्चो वा गलत जानकारी बस्ने खतरा हुन्छ । त्यसैले सामाजिक सञ्जालबाट बच्चाहरुले सबै कुरा थाहा पाइहाल्छन् भनेर ढुक्क हुनुहुँदैन । यस्तो पृष्टभूमीमा कसरी बच्चालाई पुस्तकमा ध्यान फर्काउने त ? बच्चालाई कसरी पढ्न बानी लगाउने ? यसका केहि काइदा छन् ।

किताब पढेर सुनाउने : सानैदेखि आफ्ना बच्चालाई पुस्तकका कथा पढेर सुनाउनुपर्छ । यसबाट स्वभाविक रुपमा बच्चाहरुको पुस्तकप्रति प्रेम बस्छ । यति मात्र होइन, यसरी कथा सुनाउने गर्दा र बच्चाहरुबीचको सम्वन्ध पनि अझै प्रगाढ र सुमधुर हुन्छ । प्रतिदिन करिब २० मिनेट आफ्ना बच्चाहरुसँग बसेर केही पढ्ने प्रयास गर्नुस । यसबाट उनीहरुमा पढ्ने बानीको विकास हुन्छ ।

बुझेर पढ्ने बानी : बच्चाले छिटो छिटो किताब पढ्नु भन्ने मात्र हाम्रो लक्ष्य होइन । उनीहरुले जे पढेका छन्, त्यसलाई राम्ररी बुझुन्, मनन गरुन् र आफ्नो जीवनमा त्यसलाई उतार्ने प्रयास गरुन् । यस्ता प्रश्न सोधौं, जस्तैः अब के हुनुपर्छ ? यो पात्रले गरेको काम ठिक छ ? यदि तिमी यसको ठाउँमा भएको भए के गर्थेउ ? आदि । यस्ता प्रश्नबाट तपाईंको बच्चाको कल्पनाशक्ति पनि विकास हुन्छ ।

बच्चाको रोलमोडल बन्ने : बच्चा सानैदेखि पढ्नमा शौखिन छ भने पनि घरमा कुनै रोलमोडलको अनुपस्थितिमा उ कुहिरोको काग बन्न सक्छ । आफु स्वयम् उसको रोलमोडल बन्ने प्रयास गर्नुपर्छ र उसको उपस्थितमा पढ्ने गरौं । हामी आफु पढ्नमा धेरै शौख नहुन सकिन्छ, तैपनि प्रयास गरौ । हामीले पढेको देखेर बच्चामा स्वतः पढ्ने उत्प्रेरणा जागृत हुनेछ ।

भिन्न प्रकारका पुस्तकलाई साथी बनाउने : बच्चाहरु अक्षर पढ्न थाल्छन्, उनीहरुलाई फरक-फरक प्रकृतिका पुस्तकहरु पढ्न दिनुपर्छ । जस्तै अक्षरको ज्ञान दिने पुस्तक, बाल कथा, बाल कबिता, बाल पत्रिका आदि । यसबाट उनीरुको ज्ञानको दायरा फराकिलो हुन्छ । खेलैखेलमा पढाई : कयौं खेलहरुको माध्यमल आफ्ना बच्चाहरुलाई पढाईतर्फ आकषिर्त गर्न सकिन्छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago