सम्पन्न नहुँदै ढल्यो अस्पतालको पर्खाल

खोटाङ: जिल्ला अस्पताल खोटाङको स्तरोन्नतिका क्रममा निर्माण सुरु गरिएको मेसिनरी पर्खाल बनिनसक्दै भत्किएको छ । १५ शैयाको जिल्ला अस्पताललाई २५ देखि ५० शैयामा स्तरोन्नति गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार ५० शैयाको भवन निर्माणका क्रममा निर्माण सुरु गरिएको टेवा पर्खाल बनिनसक्दै भत्किएको हो । निर्माण कम्पनी श्यामसुन्दर/रामसागर नेपाल/फूलवारी जेभीको लापरबाहीका कारण जिल्ला अस्पतालको मेसिनरी पर्खाल बनिनसक्दै भत्किएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर रामहृदय पटेलले बताए ।

१ वैशाख २०४९ मा स्थापना गरिएको अस्पतालको स्तरोन्नतिका क्रममा ४० मिटर लम्बाइ र २०.५ मिटर चौडाइ भएको भवन निर्माण गर्ने सम्झौता छ । सोही सम्झौताअनुसार जिल्ला अस्पतालको बिरामी भर्ना गर्ने वार्ड, डेलीभरी वार्ड, शल्यक्रिया कक्ष, इमरजेन्सी वार्डलगायत रहेको पुरानो भवनलाई भत्काएर नयाँ भवन निर्माणको तयारी थालिएको हो । तर सोही भवन बन्ने जग्गाको भित्तामा निर्माण सुरु गरिएको पर्खाल सामान्य वर्षाकै कारण २१ माघमा भत्किएको हो ।

कुल लम्बाइ २७ मिटर र उचाइ ७ मिटर हुने पर्खालको जगभन्दा माथिबाट करिब ६/७ मिटर खण्ड भत्किएको छ । मसला कम हालेका कारण नयाँ पर्खालको बीचभागमै भत्किएको स्थानीयले बताएका छन् ।

५० शैयाको नयाँ भवन निर्माणको काम सम्पन्न नभएसम्मका लागि उपचार सेवालाई निरन्तरता दिन सो मेसिनरी वालभन्दा माथि प्रिफ्यावको डिक्यान्टिङ भवन बनाएर बिरामी राख्ने वार्ड बनाइएको छ । तर, सोही डिक्यान्टिङको पेटीमुनिको टेवा पर्खाल भत्किएपछि बिरामी वार्डसमेत जोखिममा परेको छ । बिरामी वार्ड राखिएको डिक्यान्टिङको प्यासेज (पेटी) र रेलिङ पर्खालसँगै ढलेको छ । निर्माण व्यवसायीले भत्किएको पर्खाललाई त्रिपालले ढाकेर पुन:निर्माण सुरु गरेको जिल्ला अस्पतालका प्रमुख डा. वैभव मल्लिकले बताए ।

करिब २१ करोडको लागतमा ३० महिनाभित्र ५० शैयाको भवन निर्माण सक्ने गरी गत असारमा ठेक्का सम्झौता गरिएको हो । संघीय सरकारले संघीय सरकारको सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगामार्फत बजेट पठाएपछि गत ३ भदौदेखि अस्थायी वार्ड बनाउन घडेरी सम्याउन सुरु गरिएको थियो ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago