कसले छुट्याएको रहेछ बाबु – आमाको नाममा बजेट?

काठमाडौं: गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले आफ्नो बुवा–आमाको नाममा रहेको ट्रष्टका लागि छुट्याइएको बजेट हटाइदिन अर्थमन्त्री रामजी बराललाई आग्रह गरेका छन् । मन्त्री श्रेष्ठका स्वर्गीय बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा स्थापना गरिएको ट्रष्टका लागि गण्डकी प्रदेश सरकारले करिब एक करोड बजेट छुट्याएको थियो ।

मन्त्री श्रेष्ठले आज सामाजिक सन्जालमा स्टाटस राख्दै ट्रष्टको बजेट आगामी वर्षको बजेटबाट हटाइदिन आग्रह गरेका हुन् । ‘यो शीर्षकको बजेट आगामी वर्षको बजेटबाट हटाई स्रोत व्यवस्थापन गर्न नपर्ने म अर्थमन्त्री ज्यूलाई अनुरोध गर्दछु,’ मन्त्री श्रेष्ठले लेखेका छन्, ‘मेरो बुवा–आमाको नाममा रहेको ट्रष्टको उद्देश्य अनुरूप सदैव कार्य गर्ने गराउने छु । मैले अब यो शीर्षकको बजेट फिर्ता लिने प्रतिवद्धता समेत गर्दछु ।’ यो फिर्ता भएको बजेट असहाय, ज्येष्ठ नागरिक र महिलाहरुको हकहितमा सदुपयोग होस् भन्ने उनको चाहना छ ।

गृहजिल्ला स्याङ्जाका ज्येष्ठ नागरिक, विद्यार्थी, असहाय र गरिवहरूलाई सहयोग गर्ने उद्देश्यका साथ १२ वर्षअघि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर श्रेष्ठले ट्रष्ट स्थापना गरेका थिए । उनले ट्रष्टका लागि बजेट विनियोजन गरिदिन अर्थमन्त्रीलाई आग्रह गरेका थिए । उनको आग्रह बमोजिम गण्डकी सरकारले एक करोड बजेट छुट्याइदिएको छ ।

यसैगरी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको बुवाको नामबाट उनको गृह जिल्ला तनहुँमा स्थापना गरिएको गोबर्द्धन शर्मा स्मृति कोषलाई ५० लाख बजेट छुट्याइएको छ । बजेटमा मुख्यमन्त्री र मन्त्रीका बुवा–आमाको नाममा सरकारी कोषमा रजाइँ गरेको भन्दै विरोध भइरहेको छ ।

गण्डकी प्रदेश सरकारले असार १ गते ३५ अर्ब ९० करोड ९० लाख रूपैयाँको बजेट सार्वजनिक गरेको थियो । बजेटमा गठबन्धन दलहरुबाटै असन्तुष्टि छ । बजेट पारित गर्ने उद्देश्यले आगामी २८ गते प्रदेश सभाको बैठक बोलाइएको छ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago