पत्रकारले कार्यक्षेत्रमा खटिँदा दुर्व्यवहार खेप्नुपरिरहेको गुनासो पोखे

धनकुटा: महिला पत्रकारले कार्यक्षेत्रमा खटिँदा दुर्व्यवहार खेप्नुपरिरहेको गुनासो पोखेका छन् । धनकुटाको भेडेटारमा शुक्रबार आयोजित प्रदेश १ का महिला पत्रकारको भेलाका सहभागीले उक्त गुनासो गरेका हुन् । समाचार संकलन तथा सम्पादनमा सक्रिय रहँदा आइपर्ने दुर्व्यवहारजन्य घटनालाई उजागर गर्न नसक्दा घटनाले प्रश्रय पाउने भएकाले अब चुप लागेर नबस्ने सहभागीले बताए ।

संखुवासभाकी पत्रकार अंकिता घिमिरले सहजरूपमा काममा खटिन घरपरिवारसमेत बाधक हुने बताइन् । उनले असुरक्षा हुने डरले परिवारले सहज रूपमा काममा खटिन नदिने जनाइन् ।

सोलुखुम्बुकी पत्रकार अञ्जु कार्कीले भौगोलिक कठिनाइका कारण ६, ७ घण्टा पैदल यात्रा गरेर समाचार संकलन गर्नुपर्ने अवस्था रहेको बताइन् । ‘एकातर्फ भौगोलिक कठिनाइ बाधक छ,’ उनले भनिन्, ‘अर्कोतर्फ सुरक्षाको प्रत्याभूत नै छैन ।’ कतिपयले कार्यक्षेत्रमा हुने दुर्व्यवहारजन्य क्रियाकलापलाई खुलेर अझै व्यक्त गर्न नसकेको बताए । जसमा असुरक्षा मुख्य कारण रहेको उनीहरूको तर्क छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना र नेपाल पत्रकार महासंघ प्रदेश १ को संयोजनमा आयोजित उक्त भेलामा प्रदेशभरिका करिब एक सय महिला पत्रकार सहभागी थिए । कार्यक्षेत्रमा देखिएका समस्यालाई लुकाउनेभन्दा गम्भीर रूपमा अगाडि बढाउन जरुरी रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले बताइन् । कतिपयले आफ्ना समस्यालाई उजागर गर्न नसकेको उनको भनाइ छ । ‘दुर्व्यवहारजन्य क्रियाकलापलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भनिन्, ‘देख्दा साना र सामान्य लाग्ने गरिए पनि नियत खराब गरेर गरिने दुर्व्यवहारलाई उजागर गर्नैपर्छ ।’

भेलाले जारी गरेको भेडेटार घोषणामा पनि महिला पत्रकारले भोगिरहेका दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । त्यस्ता घटनामा संलग्नलाई कारबाही गर्न र महिला पत्रकारको सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग मागसमेत गरिएको छ । घोषणामा श्रमजीवी पत्रकारका लागि तोकिएको न्यून्तम पारिश्रमिक समय सान्दर्भिक नभएकाले यसको पुनरावलोकन गर्न सरकार ध्यानाकर्षण गराइएको छ । नयाँ पारिश्रमिक सूची तय गरी यसको तत्काल कार्यान्वयन गर्न माग गरिएको छ । यस्तै, महिला पत्रकारले सञ्चालन गरेका छापा तथा अन्य सञ्चारगृहलाई प्राथमिकतामा राखेर विशेष सुविधाका कार्यक्रमको माग गरेको छ । पत्रकारितामा महिलालाई टिकाइ राख्न पत्रकार महासंघले सरकारी निकायसँग समन्वय गरेर क्षमता अभिवृद्धिका तालिमलगायत विविध कार्यक्रम सञ्चालन गर्न र श्रमजीवी पत्रकार ऐनमा व्यवस्था भएका सम्पूर्ण प्रावधान लागू गर्न सम्बद्ध पक्षसँग माग गरिएको छ ।

कोरोना महामारीसँगै अन्य विभिन्न कारण देखाएर बेतलबी बिदामा राखिएका, तबल घटुवा गरिएका वा कामबाट निष्कासन गरिएका सञ्चारकर्मीलाई तत्काल काममा फर्काउन पर्ने उल्लेख छ । सञ्चारगृहलाई सरकारी निकायबाट प्रदान गरिँदै आएका विज्ञापनलाई समानुपातिक रूपमा वितरण गर्न र महिला पत्रकारलाई कानुनले तोकेबमोजिम सुत्केरी बिदालगायत अन्य आवश्यक बिदा दिने व्यवस्था मिलाउन माग अघि सारिएको छ । महिला पत्रकारहरू लक्षित फेलोसिप लेखनवृत्ति कार्यक्रम सञ्चालन र आवश्यक उपकरण उपलब्ध गराउने नीति कार्यान्वयन गर्न तीनै तहका सरकारलाई ध्यानाकर्षण गराइएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago