हामीमा एकता छैन, एमालेमा छ त्यसैले कुनै दलसँग नमिली चुनाव लड्न सकिदैन – देउवा

काठमाडौं: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको समयमा आफ्नो पार्टीभित्र एकता नदेखिने गरेको बताएका छन् । उनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एकताबद्ध पार्टी भएको पनि बताए ।
बिहीबार वीरगन्ज पुगेर उनले सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूलाई चिढ्याउने र चिसो पसाउने भाषण र व्यवहार प्रस्तुत नगर्न पार्टीका नेताहरूलाई उनले निर्देशन दिए । आउँदो चुनावबाट कुनै एक दलको स्पष्ट बहुमत नआउने भन्दै उनले कुनै दलसँग नमिली चुनाव लड्न समस्या हुने बताए । उनले कार्यकर्ताहरूलाई ०७४ सालमा कांग्रेस एक्लै चुनाव लड्दाको परिणाम सम्झन पनि निर्देशन दिए ।
“विपक्षमा रहेको एमाले ओलीको पार्टी छ । त्यो सिद्धिसक्यो भन्ने नठानौँ, त्यो सशक्त छ । उनीहरूमा एकता छ । हाम्रो पार्टीमा एकता हुँदैन । त्यसकारण हाम्रो पार्टीले गठबन्धन गर्नुपर्छ,” उनले भने ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago